संकल्प मिडिया सेन्टरद्वारा संचालित

एमाले केन्द्रीय कमिटी बैठक आज, यस्तो छ माधवबिहीन एमाले बनाउने योजना

  •   काठमाडौं
  •   ४ श्रावण २०७८, सोमबार
  •   त्रिबेणी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिनुभएको जानकारी अनुसार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्नेछ ।

पार्टीको सांगठनिक संरचना,सदस्यता नविकरण,विधान अधिवेशनको तयारीसम्बन्धी एजेण्डामा आजको बैठक केन्द्रित हुने उहाँले बताउनुभयो । पार्टीको निर्णय नमान्ने माधव नेपालसहित २२ सांसद्लाई कारबाहीको प्रक्रिया अगाडि बढाउने विषयमा पनि छलफल हुने तामाङले जानकारी दिनुभयो ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा माधवसहित एमालेका २२ सांसद्ले पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभएको थियो । नेकपा एमालेले यो घटनासँगै अव माधवबिहीन एमालेको अवधारणा अघि बढाउने भएको छ ।