संकल्प मिडिया सेन्टरद्वारा संचालित

एमालेमा म निर्विकल्प होइन : ओली

  •   काठमाडौं
  •   ९ भाद्र २०७८, बुधबार
  •   त्रिबेणी

एमाले अध्यक्ष केपी ओलीले आफू एमालेमा निर्विकल्प नरहेको बताउनुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कुनै पनि क्षेत्र र वस्तु निर्विकल्प नरहने भन्दै आफू पनि निर्विकल्प नभएको बताउनुभयो । तर, आगामी महाधिवेशनसम्म एमाले अध्यक्षको रुपमा आफू नै रहने उहाँले सुनाउनुभयो ।

ओलीले महाधिवेशनपछि फेरि पनि आफू नै नेतृत्वमा आउन सक्ने संकेत गर्नुभयो । अध्यक्षमा दाबी गर्नेहरू पार्टी छाडेर गएको उहाँको भनाइ थियो । अहिलेको अवस्था हेर्दा एमालेमा ओलीको विकल्प भने देखिन्न । पार्टी एकता जोगाउने प्रयास असफल भएको भन्दै उहाँले भन्न्ुभयो, ‘अहिले प्रतिपक्षी दलमा एमालेको विकल्प छैन र आउँदो चुनावपछि फेरि एमाले सत्तापक्ष हुन्छ ।’