संकल्प मिडिया सेन्टरद्वारा संचालित

इतिहास : ४ सय २० वर्ष पहिलेले त्यो टेलिस्कोप, जसले बदल्यो ब्रह्मान्डलाई हेर्ने तरिका

  •   काठमाडौं
  •   ९ भाद्र २०७८, बुधबार
  •   एजेन्सी

ग्यालिलियो ग्यालिलीलाई आधुनिक भौतिकशास्त्रका पिता पनि भनिन्छ । आजैका दिन उनले आफ्नो टेलिस्कोप भेनिसका सांसद्हरुसामु पेश गरेका थिए, जसले ब्रह्मान्ड र ग्रहहरुका विषयमा मानिसको दृष्टीकोण सधैंका लागि बदल्नेवाला थियो ।

१५ फेब्रुअरी १५६४ मा इटलीमा ग्यालिलियोको जन्म भयो । उनले पिसा विश्वविद्यालयबाट मेडिसिनको पढाई सुरु गरे, तर उनको मन गणितमा थियो । त्यसैले बाबुको इच्छाविपरीत गणितमै करियर बनाउने सोचमा उनी पुगे । त्यसैले पढाई पूरा नगरी उनले विश्वविद्यालय छाडिदिए र गणित तथा फिलोसोफी पढाउन थाले । अर्को दुई दशकसम्म उनले गति र वजन मापनको छोटो इकाईबारे काम गरे । यस दौरान आफ्नो कामले उनी प्रसिद्ध हुन थाले । उनलाई विश्व विद्यालयहरुले गेस्ट लेक्चररको रुपमा बोलाउन थाले ।

यसपछि पिसा विश्वविद्यालयमा प्रोफेसर नियुक्त गरियो र केही वर्षपछि पदुआ विश्वविद्यालयमा पनि पढाउन थाले । सन् १६०९ मा उनलाई खबर मिल्यो कि नेदरल्यान्डमा टेलिस्कोपको आविस्कार भयो ।
यस टेलिस्कोपलाई हेन्स पिरशी नामका एक व्यक्तिले बनाएका थिए, जसले नेदरल्यान्ड्समा चश्मा बनाउने कारोबार गर्दथे ।

चश्मा बनाउँदै गर्दा उनले अलग–अलग लेन्सलाई मिलाएर टेलिस्कोप बनाएका थिए । ग्यालिलियो पनि टेलिस्कोप बनाउने काममा जुटे । र, उनले हेन्स लिपरशीभन्दा धेरै शक्तिशाली टेलिस्कोप बनाए । यो टेलिस्कोपले कुनै पनि वस्तुलाई तीनगुणा ठूलो देखाउँथ्यों । उनले लेन्सको कम्बिनेशनमा परिवर्तन गर्दै यसको शक्ति ८ गुणा धेरै देख्न सकिने बताए ।

२५ अगस्ट १६०९ मा यसलाई भेनिसका सांसद्हरु समक्ष पेश गरियो । सांसद्हरुले एक घण्टाघरमा गएर टेलिस्कोपको माध्यमबाट टाढा–टाढासम्मका वस्तुहरु हेरे । सबैभन्दा पहिले ३५ माइल टाढा रहेको टावर अफ सेन्ट गिस्टिनालाई टेलिस्कोपको माध्यमबाट देखियो ।

त्यसपछि टेलिस्कोपलाई घुमाउँदै पश्चिममा ट्रेविसो र दक्षिण कोनिग्लियानो शहरलाई देखियो, जो ५० माइल टाढा थियो । यसपछि टेलिस्कोपलाई ५० माइलभन्दा पनि टाढा मुरानो शहरतर्फ घुमाइयो । यहा सांसद्हरुले सेन गियाकोमो चर्चमा प्रार्थना गर्दै गरेका एक व्यक्ति देखे । धेरै माइल्स टाढाका कुराहरु पनि स्पष्टसँग देखेर सांसद्हरु मख्ख थिए ।

खुसी भएर उनीहरुले ग्यालेलियोको तलब डबल गरिदिए । यसपछि आफ्नो टेलिस्कोपको माध्यमबाट ग्रह र ब्रह्मान्डको खोजी गर्ने काम ग्यालिलियोले थाले । उनले टेलिस्कोपबाट चन्द्र, सूर्य, बृहस्पति र शुक्र ग्रहको विषयमा अध्ययन थाले ।

यस अध्ययनकै आधारमा उनले १६१० मा ‘स्टोरी म्यासेन्जर’ नामक पुस्तक लेखे । यस पुस्तकले ब्रह्मान्डका नयाँ नयाँ रहस्यलाई बाहिर ल्यायो । ग्यालेलियोले यस पुस्तकमा बताए कि चन्द्रमाको सतह समथर छैन, वृहस्पति ग्रहको आफ्नो अलग चन्द्रमा छ र चन्द्रमाका अलग–अलग चरण छन्, जो बदलिइरहन्छन् ।

यसपछि ग्यालेलियोले लगातार ब्रह्मान्डको अध्ययन गरे । पृथ्वीले सूर्यको चक्कर लगाउँछ भनेर उनले बताए । यसपछि उनीमाथि विधर्मी हुने आरोप लगाइयो र नजरबन्द गरियो । आफ्नो मृत्युदसम्म ग्यालेलियो नजरबन्दमा थिए ।

स्रोत: दैनिक भास्कर