संकल्प मिडिया सेन्टरद्वारा संचालित

आफ्ना फ्यानलाई बेवास्ता गर्ने नायकमा सबैभन्दा अघि आउँछन् सनी देओल

  •   काठमाडौं
  •   ४ श्रावण २०७८, सोमबार
  •   त्रिबेणी

बलिउडका कलाकारको फ्यान पनि अनेक तरहका भेटिने गरेका छन् । फ्यानहरुले आ आफ्नै तरिकाले आफुलाई मन परेको सेलिब्रेटीहरुलाई बिभिन्न तरिकाले आफ्नो दिल र दिमागमा राखेका हुन्छन् ।

यस्तै बलिउडका नायक सनी देवलका एक यस्ता फ्यान भेटिएका छन् जस्ले आफ्नो दिल दिमागमा सनि देवललाई त राखेकै छन् आफ्नो अटोमा समेत सनी देवलको फोटो टाँसेका छन् । उनको अटोको सबैभागमा सनि देवलको फोटो टाँसिएको छ ।

उनको अटोमा वाईफाई, बेस बेसिन लगायतका थुप्रै सुबिधा समेत रहेको छ । तर उनको सनि देवललाई भेट्ने सपना भने अधुरै नै रहेको छ । उनी सनिको अफिसमै भेट्न पुगेका थिए तर सनी अफिसमा नभेटिए पछि न्याउरो अनुहार लाएर फर्कनु परेको थियो । तर जब उनी सनि लाई भेट्न आएको थाहा पाए तब उनका भाई बबि देवलले यो कुरा थाहा पाएर गेट सम्मै उनलाई भेट्न पुगेका थिए ।