संकल्प मिडिया सेन्टरद्वारा संचालित

आखिर कुन आइटी पार्कको एजेण्डा राखेका होलान् त कांग्रेस ले?

  •   काठमाडौं
  •   २५ बैशाख २०७९, आईतवार
  •   त्रिबेणी

हिजो रेशमखेतीलाई मासेर नमोबुद्धसम्म केबल कार चलाउनु पर्छ भन्दै हिँड्नेहरु आज रेशमखेती पुनः सञ्चालनको एजेण्डा बनाउन थालेछन् ।

कुनै जमानाको आइटी पार्क अहिले सुरक्षण मुद्रण केन्द्रमा रुपान्तरण भएर आफ्नै पार्टीका मन्त्री आएर भवन शिलान्यास गरेको पनि हेक्का रहेनछ । कुन आइटी पार्कको एजेण्डा राखेका होलान् ?

पनौती हाइड्रोपावरमा एजुकेशन टुरिजमको गज्जबको प्लान रहेछ । तर, प्राधिकरणले केयुलाई सो हाइड्रोपावरमा अनुसन्धान र सिकाइ केन्द्र बनाउन लामो अवधिको सम्झौता गरेर दिइसकेको र जलाशयमा रेन्बो ट्राउट पालन सम्भव हुन्छ भनेर मास्टर्स तहको पढाई भइरहेको कुराको जानकारी विना नै एजेण्डा बनाइएछ । बरु भुपू कर्नेल शिवप्रताप कार्कीसँग समन्वय गरेको भए सबै कुरा बताइदिन्थे होला नि ।