संकल्प मिडिया सेन्टरद्वारा संचालित

अब माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन: बास्कोटा

  •   काठमाडौं
  •   १ श्रावण २०७८, शुक्रबार
  •   त्रिबेणी

नेकपा एमाले नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब पार्टीमा कुनै पनि ठाउँ नरहेको उहाँले बताउनु भएको छ ।

बिहीवार पनौती नगरपालिकालाई बालमेत्री नगर घोषणा समारोहमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य समेत रहनुभएका सांसद बास्कोटाले एमाले भित्रको समस्याको बारेका आफ्नो धारणा राख्दै व्यक्तिगत स्वार्थ र इगोले पार्टी कमजोर बनाएर आफ्नो पार्टीको सरकार गिराउन लाग्नेलाई अब पार्टीमा कुनै स्थान नरहेको बताउनु भयो ।

पार्टी एकता र सहमतिको कुरा चलिरहेको बेला अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री तोके सङ्गै एमाले भित्रको एकता असम्भव देखिएको अवस्थामा एमाले नेता बास्कोटाले यो अस्थिरता र परिस्थितिको जड माधवकुमार नेपाल रहेको र अब नेता नेपाल र उनका पछिलागेर पार्टी बिरोधि काममा लाग्नेहरु एमालेमा काम नरहेको बताउनु भएको छ ।

कार्यमा बोल्दै नेता बास्कोटाले एमाले एउटा पार्टी मात्र नभैइ राष्ट्रियता र समृद्धिको बहाक समेत रहेको बताउनु भयो । पार्टीभित्रको चुनौतीले संविधान सङ्कटमा पर्नसक्ने र पार्टी कमजोर भए लोकतन्त्र कमजोर हुने उहाँको भनाइ थियो ।

उहाँले किशोरकिशोरीको लामो जीवन रहेकाले अबको विकास र सुरक्षा उनीहरुलाई चाहिएको बताउनुभयो । उहाँले अघिल्लो सरकारले सुख–समृद्धिको राष्ट्रिय मान्यता स्थापित गरेको जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जनादेशले नभई परमादेशले बहिर्गमन भएको बताउनुभयो ।
“नेपाली कांग्रेसलाई शुभकामना छ, अबको थप प्रक्रियामा बहुमत पुगोस्, तत्कालीन खिलराज रेग्मीको झैँ अवस्था नआओस्, काम शुरु भएका राष्ट्रिय गौरवका आयोजना सञ्चालन हुन, योजनाका बजेट नकाटियोस्”, उहाँले भन्नुभयो ।

यो सङ्गै बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा हुनेमा नेपालको आठौ ,बागमती प्रदेशको चौथो तथा काभ्रे जिल्लाको दोस्रो बालमैत्री स्थानीय शासन नगरपालिका घोषणाको रूपमा पनौती नगरपालिका घोषणा भएको हो ।

कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा (एमाले) पनौती नगरपालिका संयोजक सुरेशप्रसाद हुमागाईँ, नेपाली कांग्रेसका पनौती नगर सभापति रामशरण भण्डारी, जिल्ला बाल सङ्गठनका अध्यक्ष विदुरप्रसाद हुमागाईँलगायतले नगरमा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न शुभकामना व्यक्त गर्नुभयो ।