संकल्प मिडिया सेन्टरद्वारा संचालित

अधिवेशनबाट निर्वाचित ३ जना मात्र रहेको गुट भेलालाई माधब नेपालले सम्बोधन, काभ्रेमा अवस्था नाजुक ।

  •   काठमाडौं
  •   ९ श्रावण २०७८, शनिबार
  •   त्रिबेणी

शनिबार काभ्रेमा माधव नेपाल पक्षको जिल्ला कमिटीको बैठक बसेको छ । बनेपा  भएको भनिएको बैठकमा सम्बोधन गर्न माधव नेपाल आफै दौडिएकाछन । काभ्रेमा माधव नेपाल पक्ष कमजोर अवस्थामा रहेको छ अर्थात शिला टिपेर पुथार्नु जतिकै माधव पक्षलाई ।

व्यक्तिगत इगो र पदको लोभिको रुपमा छवि भएका माधव नेपाल पछिल्लो समय प्रचण्ड संग मिलेर आफ्नो पार्टी सक्न लागेको आरोप खेप्दै आएका छन । मदन भण्डारी र मनमोहन अधिकारीलाई मात्र पार्टीको जस गएको मेरो मुल्यांकन नभएको भन्दै गोइको आँसु समेत संसदमा झार्न भ्याएका नेपाल केपि ओलिको लोकप्रियता देखेपछि पार्टीको सिद्धान्त बिर्सेर प्रचण्ड शेरबहादुर टिमको सदस्य बन्न समेत पुगेको देखिन्छ ।

पार्टीमा बिधिको कुरा गर्दै सुगा रटान गर्ने माधब नेपाल आफ्नो समर्थकको लागि भने उदार देखिन्छन । काभ्रे एमालेमा नौं अधिवेशनबाट माधव पक्षका टोकबहादुर वाइवा अध्यक्ष त जिते तर आधा दर्जन जति मात्र सदस्य जिताउन सके । अहिले त्यो संख्या पनि घटेर तीन जनामा खुम्चिएको छ । जसमा टोकबहादुर वाईवा, बसुन्धरा हुमागाई र मुकुन्द गौतम रहेका छन ।

प्राय पार्टीको आम सभा र ठुलो कार्यक्रममा मात्र केन्द्रिय तहका ठुला नेताले सम्बोधन गर्ने गर्छन तर पछिल्लो समय टोल भेला समेत नछाड्ने माधव नेपालको बानी परेको देखिन्छ । निर्वाचित ३ जना रहेको माधव टोककबहादुर टिमले जिल्ला नचिनिएका आफ्ना समर्थक सहितको जिल्ला कमिटी घोषणा गरेको थियो । जसमा एक दर्जन जतिले आफु उक्त टिममा नरहेको बिज्ञप्ती समेत निकालेका थिए ।

टालाटुली बटुले भनेझै बनेको कमिटीको बैठकमा सम्बोधन गर्ने नेपाल आफै पुग्ने काभ्रेमा माधव पक्षको अवस्था छर्लङ्ग भएको एक नेताले बताए ।

पदकोलागी क्याम्प फेर्ने बानी:
पदको लागी बार्गेनिङ गर्ने कुरा राजनीतिमा नौलो होइन । काभ्रेमा त्यस्तै उदाहरण हुन सांसद समेत रहेका बसुन्धरा हुमागाई । एमालेमा कार्यकर्ताले बसुन्धरा हुमागाई र चुनाव एक अर्काको पर्यावाची रहेको व्यंग समेत सुनाउने गर्दछन । तत्कालीन एमाले क्षेत्र नं ३ अधिवेशनमा जिल्ला कमिटीको सचिवालय सदस्य हुदाहुदै क्षेत्रीय अध्यक्षमा पनि उम्मेदवारी दिएका बसुन्धरालाई बल्थलिका सुरेश हुमागाईले सजिलै पराजित गरेका थिए । लगत्तै भएको जिल्ला अधिवेशनमा घरी गोकुल तिर घरी टोकबहादुर तिर बार्गेनिङमा दौडे । टोकबहादुर टिमले सदस्यमात्र दिएपछि भिम न्यौपाने टिमले कार्यालय सचिवको जिम्मेवारी दिने बाचा गरेपछि ओलि टिममा पुन लागे ।

पनौती नगरपालिकाको मेयरको टिकटकालाई टिम फेर्न लागेपछि प्रदेशको टिकट दिने गोकुल बास्कोटाको बाचा पछि ओलि टिम मै अढिएका बसुन्धरा संसद भएपछि मन्त्री हुने सपना देख्न थाले तर पूरा भएन । काभ्रेमा शिला टिप्न बाध्य माधव टिमले गोकुल बास्कोटाले मन्त्री बन्न रोकेको र हाम्रो टिमले मन्त्री बनाउछ भन्दै माधव नेपाल भेटाएपछी बसुन्धराले टिम फेरेका थिए ।

एमालेका एक कार्यकर्ताले बसुन्धरा हुमागाई प्रतिनिधि सभाको टिकट पाएभने ओलिलाई देउता भनेर आउछन भन्ने तर्क समेत सुनाई ।

पार्टीको कारबाहीमा परेकालाई सचीव
तत्कालिन एमाले जिल्ला कमिटी सदस्य रहेका दिपक गौतमलाई पार्टी सदस्यबाट कारबाही गरेको थियो । विद्यार्थी नेताको रुपमा चिनिन खोज्ने गौतमको आर्थिक सवालमा प्रश्न उठ्ने गरेको छ । त्यही कारणले नै अखिल महाअधिवेशनमा उनकै गृह जिल्लाबाट जेरो भोट अभियान सुरु भएको थियो र अध्यक्षमा हरेका थिए । गोकुल बास्कोटा मन्त्री रहुन्जेल गोकुल नजिक भएका गौतम माधब पक्षमै फर्केर जिल्ला सचीव नै खान भ्याए । उनी नौं जिल्ला अधिवेशनबाट बनेको कमिटीमा सदस्य समेत थिएनन् । तर माधव टिम मै रहेका अर्का सदस्य मुकुन्द गौतमलाई पछिपार्दै दिपक सचिब बन्न सफल भए ।