त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

काभ्रे क्याम्पस प्रमुख सहितलाई पक्राउ पुर्जी ! कानुनत कलेज प्रमुख बैदार निलम्बित ! तथ्य सहित ठगीको चिरफार ।

  •   काठमाडौं
  •   ८ आश्विन २०७७, बिहीबार
  •   त्रिबेणी

बनेपा स्थित काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहित ३ जना बिरुद्ध ठगी मुद्दा दायर भएको छ । उक्त क्याम्पसमा गत शैक्षिक शत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्युटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा अभिभावकले आफुहरु ठगिएको भन्दै बिगोदाबी सहित मुद्दा जाहेरी हालेका हुन । ठगी मुद्दा दर्ता भए संगै असोज ५ गते इलाका प्रहरी कार्यलयले कलेज प्रमुख केजी बैदार, व्यवस्थापन अध्यक्ष लम्बोधर कायस्थ, तथा सदस्य कृपेन्द्र श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।


क्याम्पसले निकालेको ब्रोसर, जसमा रसायन बिज्ञान र भौतिक बिज्ञान बिषय उल्लेख छैन ।


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) काभ्रेले क्याम्पसले बदमाशी गरेको थाहा पाए सङ्गै विद्यार्थीको न्यायको पक्षमा आन्दोलन नै संचालन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा बिषय शिक्षकहरुले  कलिला विद्यार्थीहरुमाथी केस लुकाउनका लागि चरम मानसिक तनाव दिने किसिमका डर धम्की दिने गरेको र अनेरास्ववियूले साथ दिएपछि न्याय पाउने आश जागेको एक पीडित विद्यार्थीले बताए ।


आफ्नो ब्रोसरमा BE पढ्न पाउने आशा देखाउने प्रचार सामाग्री !


काभ्रे जिल्ला कै पुरानो शैक्षिक धरोहरको रूपमा चिनिने काभ्रे क्याम्पसले विद्यार्थीको भबिस्यमाथी नै खेलवाड गर्ला भनेर पत्याउन गार्‍हो पर्न सक्छ तर वास्तविकतामा यो सत्य साबित भएको छ । सामुदायिक क्याम्पस भएता पनि क्याम्पस प्रशासन शैक्षिक माफियाको रूपमा कमाउ धन्दामा लागेकोले नै यो स्थिति आएको एक स्थानीय बताउछन । क्याम्पसले कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गराउने भन्दै विद्यार्थी भर्ना गरेतापनी उक्त संकाय संचालनका लागि आवश्यक अनिवार्य विषय रसायन विज्ञान र भौतिक विज्ञान सट्टा नेपाली र अङ्ग्रेजी अध्यापन गराएको थियो । राष्ट्रिय परीक्षा बोर्डले स्नातक तहमा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नमिल्ने र करिकुलम नमिलेका कारण कक्षा ११ का विद्यार्थीहरुलाई परिक्षामा सामेल गराउन नसकिने जानकारी दिएपछि कलेजको ठगी धन्दा छताछुल्ल भएको हो ।


 गल्ती लुकाउन विद्यार्थीलाई झुक्याएर भराउन तयार गरिएको फारम !


कम्प्युटर इन्जिनियरिङ बिषयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई तात्कालिक उच्च शिक्षा परिषदको करिकुलम अनुसार निर्धारण गरिएको अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले ‘क्याम्प प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै’ विद्यार्थी आन्दोलित भएका थिए । विभिन्न चरण क्याम्प प्रशासनलाई समस्या समाधानका लागि लेखित तथा मौखिक अनुरोध गर्दा समेत क्याम्पस प्रशासनले पेलाहा प्रबृत्ति देखाएको एक अभिभावक बताउछन ।

क्याम्पस प्रमुख लगाएत संचालन निलम्बित !

ठगी मुद्दा परे संगै काभ्रे क्याम्पस प्रमुख केजि बैदार सहित संचालन समिति निलम्बित भएका छन । शिक्षा ऐन अन्तर्गतको व्यवस्था अनुसार उनीहरु निलम्बित भएका हुन, नियमानुसार मुद्दा दर्ता भएको तिमी देखि फैसला नहुन्जेल निलम्बित रहने व्यवस्था रहेको छ भने आरोप प्रमाणीत भएको खण्डमा स्वत पद मुक्त हुने व्यवस्था रहेको छ ।


शिक्षा ऐनले पद मुक्त हुने व्यवस्था सम्बन्धि कानुन


विद्यार्थी आन्दोलन र तालाबन्दी !

कलिला पीडित विद्यार्थीमाथी डर धम्की आउन थालेपछि विद्यार्थीहरुले अनेरास्ववियूको सहयोग मागेका थिए ।विद्यार्थीहरुको अनुरोध संङ्गै अनेरास्ववियू काभ्रेले संगठित रूपमा आन्दोलनको नेतृत्व गरेको थियो । पटकपटकको छलफलबाट विद्यार्थीको मागको सुनुवाइ नभएपछि क्याम्पस प्रमुखको राजीनामाको सर्त सहित विद्यार्थीहरु आन्दोलित भएका थिर । करिब एक महिना भन्दा लामो चरणबद्ध आन्दोलन र आग्रहको सुनुवाइ नभएको र लामो समय सम्म पनि निष्कर्ष ननिस्केपछी पीडित विद्यार्थी लिएर कानुनी उपचारको बाटोमा लागीएको अनेरास्ववियूका नेता बताउँछन ।

विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनले गठन गरेको वार्ता समिति सञ्चालक समितिको अध्यक्ष लम्बोदर कायस्थको संयोजकत्वमा चार सदस्यीय वार्ता समितिबीच फागुन १३ गते भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि क्याम्पसको लापरवाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको जनाउँदै अनरास्ववियु जिल्ला कमिटी, क्याम्पस र मावि कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तालाबन्दी गरेको थिए ।

पटकपटक भएको बार्ता र सम्बादले कुनै निस्कर्ष नदिएपछि माघ अन्तिम सातामा अनेरास्ववियूले कलेज प्रशासन र मुल गेटमा ताला बन्दी गरेको थियो । व्यवस्थापन समिति अध्यक्षको संंयोजगत्वमा बनेको वार्ता समितिको अनुरोधमा मुल गेटमा ताला खोलेता पनि क्याम्पस प्रमुख र अध्यक्षको कार्यकक्षमा लगाइएको ताला अझै खोलेको छैन।

शंका र प्रश्न !

नियमानुसार ९ कक्षा देखि नै पढाउनुपर्ने बिषयमा ११ कक्षामा मात्र कसरी भर्ना लियो र राष्ट्रिय परिक्षा बोर्डले त्यसलाई कुन आधारमा परिक्षा लियो भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ । नयाँ बिषय थप्नको लागी नगरपालिका शिक्षा शाखामा निवेदन दिएको कलेजले पत्रमा नयाँ संकाय संचालनको कुनै कुरा उल्लेख गरेको छैन भने नगरपालिकाबाट बनेको जाचबुझ समितिले पनि कुन आधारमा नयाँ संकाय थाप्ने कुरालाई बिषय थपको रूपमा कसरी अनुमतिको लागि सिफारिस गर्‍यो भन्ने प्रश्न समेत पैदा भएको छ ।


रसायन बिज्ञान र भौतिक बिज्ञान विषय थपको लागि नगरपालिकामा कलेजले पेस गरिको निवेदन !


  गल्ती छोप्न गल्ती माथी गल्ती !

पाठ्यक्रम बिकास केन्द्र र तात्कालिक राष्ट्रिय परिक्षा बोर्डले निर्धारण गरेको करिकुलम बेगर आफू खुशि बिषय राखी ब्याचलर लेभलमा कम्प्युटर इन्जिनियर बन्न पाउने झुटो आशा देखाउदै कम्प्युटर ईन्जिनरिङ (प्राबिधिक धार) विषयमा भर्ना लिएको क्याम्पस प्रशासनले शैक्षिक शत्रको अन्त्यमा परिक्षा बोर्ड परिक्षालाई दोष दिदै कक्षा ११ मा कम्प्युटर इन्जिनियरिङ बिषयमा  भएका विद्यार्थीहरु मध्य आदिलाई कम्प्युटर बिज्ञान र आदि विद्यार्थीलाई बिज्ञान संकाय तर्फ पठाएको थियो  ।



 

 

पाठ्यक्रम बिकास केन्द्रले तय गरेको आधिकारिक करिकुलम


कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर बिज्ञान उस्तै भएको भन्दै विद्यार्थीलाई भ्रम छर्न समेत क्याम्पस प्रशासन सिपालु देखिएको छ । वास्तवमा कम्प्युटर बिज्ञान व्यवस्थापन संकाय तर्फ पर्दछ भने कम्प्युटर इन्जिनियरिङ प्राबिधिक धारतर्फ  पर्दछ ।उक्त बिषय ९-१२ उत्तीर्ण भएपछि ओभरसियर सो सरह मान्यता पाउने गर्दछ । जसमा १ बर्षको ओजिटी समेर गर्नु पर्ने हुन्छ तर काभ्रे क्याम्पसले भने न त प्रयोगात्मक परिक्षा नै संचालन गरेको छ न त बिषय पुर्णता नै दिएको देखिन्छ । देखिन्छ त केवल छल र कपट ।


 कलेजले संचालन गरेको आन्तरिक परिक्षाको परिक्षा पत्र !


आफ्नो गति छुपाउन क्याम्पसले अर्को गल्ती दोहोर्‍याएको छ । करिकुल अनुसार नपढाएर विद्यार्थीको भविष्यमाथी खेलवाड गरेको क्याम्पसले ११ मा भर्ना भएका विद्यार्थीहरुलाई बिज्ञान संकाय तर्फ स्थानान्तरण त गर्‍यो तर उक्त संकायको अनुमती भने अझै पाएको छैन । २०७६ पौषमा नगरपालिकालाई बिषय थपको लागी निवेदन दिएता पनि नगरपालिकाले हाल सम्म अनुमति दिएको छैन । तर क्याम्पसले भने बिज्ञान बिषयमा विद्यार्थीहरुको कक्षा संचालन गरेको छ भने परिक्षा फारम र रजिस्ट्रेसन समेत गरि सकेको छ ।

कलिला विद्यार्थीमाथी डर र धम्की !

क्याम्पस प्रसासनले आफ्नो गल्ती लुकाउनको लागि ११/१२ का पीडित विद्यार्थीहरुलाई बिषय शिक्षक मार्फत डर धम्की र मानसिक दवाव समेत दिने गरेका छन ।क्याम्पसका शिक्षक आत्माराम थापा, संजय श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठहरुले विद्यार्थीहरुलाई अन्त कतै पढ्न नपाउने गरि क्याम्पसबाट निस्कासन गर्ने, प्रयोगात्मक परिक्षाको ग्रडिङमा तलमाथि गर्दिने, तथा जिन्दगी नै वर्वाद गर्ने सम्मका धम्कीदिन लगाएका थिए ।


 सामाजिक संजालमा विद्यार्थीहरुलाई धम्कीको भाषा प्रयोग गर्दै शिक्षक !


विद्यार्थीले क्षतिपुर्ति माग गर्दा सामुदायिक कलेजले क्षतिपुर्ति दिन नमिल्ने यदि दिएमा लिने विद्यार्थीहरुलाई अख्तियारमा मुद्दा लाग्ने किसिमका झुटा प्रोपोगाण्डाहरु फैलाएका थिए । पीडित विद्यार्थीहरुले आफ्नो अधिकार मागिरहदा कक्षा कोठामा नेतृत्व गर्ने विद्यार्थीको आर्थिक हैसियतको कुरा गरेर बेइज्जत गर्ने किसिमका हर्कत समेत गर्न पछि हटेनन शिक्षकहरु । लकडाउनको समयमा अन्लाईन कक्षा संचालन गरेका शिक्षकहरुले मुद्दा दर्ता भए संगै कलेजमा आएर आफुहरुले भने जस्तो गरि लेखिएको कागजमा हस्ताक्षर गरे मात्र पठाउने धम्कि दिन थालेको एक विद्यार्थीले बताए ।

ठगी मुद्दा दायर, पक्राउ पुर्जी जारी, अभियुक्त फरार !

यसका बावजुत पिडित विद्यार्थीहरुले कलेजले कम्प्युटर इन्जिनियरिङको पढाई हुने भनेर भर्ना लिएर अलपत्र पारेको भन्दै अध्ययनरत पाँच पीडित विद्यार्थीका अभिभावकले क्याम्पस सञ्चालक समिति अध्यक्ष लम्बोदर कायस्थ, क्याम्पस प्रमुख केजी बैदार र सञ्चालक सदस्य कृपेन्द्र श्रेष्ठको विरुद्धमा ठगी उजुरी दिएका छन ।

 

मुद्दाको जाहेरी


उजुरी परेपछि अनुसनधान गर्नको लागि भनेर प्रहरीले जिल्ला अदालतबाट तीनै जनाको नाममा पक्राउ पुर्जी आदेश ल्याएको छ । प्रहरीले जिल्ला अदालतबाट तीनै जनाको नाममा पक्राउ पुर्जी ल्याएपछि उनिहरुको खोजी भैरहेको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताए ।