संकल्प मिडिया सेन्टरद्वारा संचालित

डियाजकाे गाेलसँगै रियलकाे कठिन जित

  •  
  •   २३ बैशाख २०७६, सोमबार
  •  

एजेन्सी – मारियानो डियाजले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले भिल्लारियललाई ३–२ गोलले हराएको छ । स्टार खेलाडी करिम बेन्जेमा र ग्यारेथ बेलको अनुपस्थितिमा रियलले जितका लागि संघर्ष गर्नु परेको थियो ।
आइतबार राति भएको खेलमा घरेलु मैदान रियललाई जिताउन मारियानो डियाजले खेलको दोस्रो मिनेटमै खाता खोलेका थिए । दोस्रो गोल ४० औं मिनेटमा जेसस भालेजोले गरे । त्यसपछि डियाजले ४९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
भिल्लारियालका लागि जेरार्ड मोरेनो ११ औं र जउमी कोस्टाले दोस्रो हाफको इन्जुर समयमा गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । तेस्रो स्थानमा रहेको रियलले ३६ खेलबाट ६८ अंक बनाएको छ । भिल्लारियाल ४० अंकसहित १५ औं स्थानमा छ ।
आइतबार राति नै भएको अन्य खेलमा भ्यालेन्सियाले एसडी हुयस्कालाई ६–२, रियल भालाडोलिडले एथलेटिक बिल्बाओलाई १–०, गेटाफेले गिरोनालाई २–० र इबरले रियल बेटिसलाई १–० गोलले हराएको छ ।