संकल्प मिडिया सेन्टरद्वारा संचालित

४ सय गोल गर्ने रोनाल्डो पहिलो खेलाडी

  •  
  •   ५ कार्तिक २०७५, सोमबार
  •  

काठमाडौं : विश्व फुटबलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा रोनाल्डोले ४ सय गोल पुर्याएका हुन्।  यो सँगै उनी ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
शनिबार राति भएको इटालियन सिरीए अन्तर्गतको खेलमा मा युभेण्टसका लागि गोल गर्दै रोनाल्डोले यो कीर्तिमानका लागि आफ्नो नाम लेखाएका हुन्।
रोनाल्डो यसै सिजन रियल मड्रिडबाट युभेण्टस पुगेका हुन् । उनले युभेण्टसका लागि १० खेलबाट पाँच गोल गरिसकेका छन् । गएरातिको गोलले उनले नयाँ कीर्तिमान बनाएका हुन्।