संकल्प मिडिया सेन्टरद्वारा संचालित

४३ करोड भत्ता बाँड्न कुलमानमाथि कर्मचारीको दबाव

  •  
  •   ६ श्रावण २०७५, आईतवार
  •  

६ साउन, काठमाडौं । नेपाल विद्युत प्रधिकरण नाफामा जान सुरु भए लगत्तै कर्मचारीहरुले थप सेवासुविधाको माग गर्दै दबाव दिन थालेका छन् । उनीहरुले हालै वाषिर्कोत्सवका अवसरमा एक महिना बराबरको थप तलव दिन व्यवस्थापनसँग माग गरेका हुन् ।
अहिले प्राधिकरणले कर्मचारीलाई ५ सय रुपैयाँ मात्रै यस्तो भत्ता दिने गरेको छ । कर्मचारीको माग पुरा गर्न प्राधिकरणले करोडौं खर्चिनुपर्छ । हाल प्राधिकरणमा १० हजार कर्मचारी छन् । आयोजनामा कार्यरत कर्मचारीहित सबैले एक महिनामा ४३ करोड बराकरको तलव बुझ्ने गरेको प्राधिकरणको संस्थागत वित्त विभागले जनाएको छ ।
निरन्तर घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३र७४बाट मात्र मुनाफामा गएको हो । कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएको वर्षमै उनले प्राधिकरणलाई सञ्चालन मुनाफामा लगेका थिए ।
दैनिक १९ घण्टासम्म भएको लोडसेडिङलाई पूर्ण रुपमा हटाएपछि प्राधिकरण भर्खरै तंग्रिने स्थितिमा अघि बढेको छ । यस्तो अवस्थामा प्राधिकरणको आधिकारिक ट्रेड युनियन, कर्मचारी संघले कर्मचारीको मनोबल उच्च बनाउन एक महिनाको तलव बराबरको वाषिर्कोत्सव भत्ताको रुपमा उपलब्ध गराउन माग गरेको हो ।
कर्मचरीहरुले घिसिङलाई ज्ञापनपत्र बुँझाउँदै व्यवस्थापनको सुझबुझुपूर्ण निर्णय र कर्मचारीहरुको अथक प्रयासका कारण प्राधिकरणका आर्थिक अवस्थामा सुधार आएको भन्दै भत्ता उपलब्ध गराउन माग गरेका हुन् ।