संकल्प मिडिया सेन्टरद्वारा संचालित

३ लाख घुससहित उच्च अदालत तुलसीपुरका नासु पक्राउ

  •  
  •   २३ बैशाख २०७६, सोमबार
  •  

काठमाडौं, २२ वैशाख – अदालतमा विचाराधीन मुद्धामा सहजीकरण गरिदिने भन्दै घुस लिदैं गर्दौ उच्च अदालत तुलसीपुरका टाइपिस्ट (नायबसुब्बा० कृष्णकुमार पाठकलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
घुसवापतको तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा पाठकलाई रङ्गेहात पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीलले घुस बुझिसकेको अवस्थामा श्री लयर्स च्याम्बरबाट उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।