संकल्प मिडिया सेन्टरद्वारा संचालित

३५८ रन बनाउँदा पनि पाकिस्तान ईङ्ल्याण्डसँग पराजित, बेयरस्ट्रोले जोडे शतक

  •  
  •   २ जेष्ठ २०७६, बिहीबार
  •  

एजेन्सी/जोनी बेयरस्ट्रोको शतकको मद्दतले तेस्रो एकदिवशीय क्रिकेट प्रतिस्पर्धामा इङल्यान्डले पाकिस्तानलाई मङ्गलबार छ विकेटले पराजित गरेको छ । विश्वकप क्रिकेटको आयोजक इङल्यान्डको उक्त विजयले इङल्यान्ड टिमको मनोबल पनि उच्च भएको छ ।
बेयरस्ट्रोले व्यक्तिगत १२८ रन बनाएका थिए । यो जितसँगै पाँच खेलको यस शृङ्खलामा इङल्यान्ड २–० ले अघि छ ।
Image result for Jonny Bairstow smashed a sensational century as England coasted a chase of 359 to beat Pakistan by six wickets in the third one-day international in Bristol.
इङल्यान्डका कप्तान इयोन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए ।
पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नौ विकेटको क्षतिमा ३५८ रनको उच्च स्कोर खडा गरेको थियो । पाकिस्तानका लागि इमाम उल हकले व्यक्तिगत १५१ रनको योगदान गरेका थिए ।