संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेपाल कम्युनिष्ट पार्टिका तल्लो कमिटीको आकार बढ्ने ।

  •  
  •   २९ असार २०७५, शुक्रबार
  •  

नेपाल कम्युनिष्ट पार्टिका तल्लो कमिटीको आकार बढ्ने ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानमा सामान्य हेरफेर हुने भएको छ । निर्वाचन आयोगले ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला समावेश गराउन दलहरुलाई निर्देशन दिएसँगै नेकपाको विधान परिमार्जन हुन लागेको हो ।
केन्दीय कमिटीको पहिलो बैठकले पार्टीको विधान र राजनीतिक प्रतिवेदन सम्पादनसहित प्रकाशनको जिम्मा दुई अध्यक्षलाई दिएको थियो । विधानलाई परिभाषित गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको नियमावली मस्यौदा समितिले आफ्नो प्रस्ताव तयार पारेको छ ।
तर विधानमा उल्लेखित कतिपय विषय अपूरो भएको र कतिपय थप्नुपर्ने भएकाले नेताहरुबीच अझै छलफल हुनुपर्ने देखिएको नियमावली मस्यौदा कमिटीका एक सदस्यले  बताए ।
केन्द्रीय कमिटी २९९ सदस्यीय हुने सन्दर्भमा प्रस्तावित भएकाले केन्द्रीय कमिटीको संख्या करिब डेढ सय बढेकाले मातहत कमिटीको आकार पनि ठूलो हुन सक्ननेकपाको प्रस्तावित विधानमा प्रदेश कमिटी १५० सदस्यीय रहने जिल्ला कमिटी ७५ देखि १२५ सदस्यीय रहने उल्लेख त्यस्तै, महानगर कमिटी ७५ सदस्यीय उपमहानगरपालिका कमिटी ६१ सदस्यीय हुने उल्लेख भने
विधानमा नगर कमिटी र गाउँ कमिटीहरु ५१ सदस्यीय हुने गरी प्रस्ताव गरेको छ । वडा कमिटी २५ सदस्यीय हुनेछन् भने प्रारम्भिक कमिटी १५ सदस्यीयसम्म हुने भनिएको छ ।
तर यो संख्या केन्द्रीय कमिटी २९९ सदस्यीय हुने सन्दर्भमा प्रस्तावित भएकाले केन्द्रीय कमिटीको संख्या करिब डेढ सय बढेकाले मातहत कमिटीको आकार पनि ठूलो हुन सक्ने एक नेताले बताए । यसबारेमा विधानमा सम्पादन गरी टुंगो लगाउन बाँकी छ ।
स्रोतका अनुसार, प्रदेश कमिटीको संख्या २९९ को हाराहारीमा पुग्न सक्नेछ भने जिल्ला कमिटीको आकार पनि २ सयको हाराहारीमा पुग्न सक्छ । तर यसबारे निर्णय भइसकेको छैन ।