त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

१५३ कोरोना संक्रमितको आइसियूमा र भेन्टिलेटरमा उपचार गराउदै

  •   काठमाडौं
  •   ८ भाद्र २०७७, सोमबार
  •   त्रिबेणी

कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ सय ५३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार १५ जना संक्रमित भेन्टिलेटरमा र १३८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ५७ जना र १५ जना भेन्टिलेटरमा रहेका छन्।

त्यस्तै, प्रदेश २ मा ४६, प्रदेश ५ मा १४, प्रदेश १ मा १८ र गण्डकी प्रदेशमा ३ जना संक्रमित आइसियूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

आइतबार १ सय ४७, शनिबार १ सय ४७, शुक्रबार १ सय ४८ जना, बिहीबार १ सय ३६ जना, बुधबार १ सय ३७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत थिए।