संकल्प मिडिया सेन्टरद्वारा संचालित

होन्डुरसमा विमानस्थलबाट उडेलगत्तै खस्यो विमान, ५ जनाको मृत्यु

  •  
  •   ५ जेष्ठ २०७६, आईतवार
  •  

एजेन्सी/होन्डुरस– होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रोटानको विमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त विमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो ।
मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहेका छन् ।  उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो । –एएफपी