संकल्प मिडिया सेन्टरद्वारा संचालित

हार स्वीकार गर्दै राहुलले भने : मोदीलाई बधाई, कँग्रेसजन नडराऊ

  •  
  •   ९ जेष्ठ २०७६, बिहीबार
  •  

एजेन्सी/नयाँ दिल्ली । भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचनमा जीत हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (विजेपी) लाई बधाई दिएका छन् ।
बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै गान्धीले चुनावमा जनता मालिक रहेको र जनताले सुनाएको निर्णय आफूलाई स्वीकार्य हुने बताएका हुन् ।
उनले चुनावमा लड्ने सबै कँग्रेस उम्मेदवारहरुलाई धन्यवाद पनि दिए ।
गान्धीले यो चुनावमा दुई अलग सोच र विचारधाराबीच प्रतिस्पर्धा भएको र यसपटक भाजपा र मोदी विजयी भएको बताए ।
उनले चुनावी परिणामपछि के गलत भयो भनेर आजै आफू टिप्पणी गर्न नचाहेको पनि बताए ।
‘म भारतीय जनताको निर्णयलाई सम्मान गर्छु,’ उनले भने ।
उनले यस नतिजाबाट कँग्रेस कार्यकर्ताहरुलाई हतोत्साहित नहुन र नडराउन आग्रह पनि गरे ।
‘यो देशमा धेरै जनता छन् जो हाम्रो विचारधारालाई समर्थन गर्छन् । यो विचारधारालाई हामी एक दिन जिताउने छौँ,’ उनको भनाई थियो ।
अमेठीमा जीत हासिल गरेकोमा उनले स्मृति इरानीलाई पनि बताई दिए । ‘अमेठीको जनताको निर्णयलाई सम्मान गर्छु । स्मृतिजीसँग आग्रह गर्न चाहन्छु  अमेठीलाई माया गर्नुहोस् र जनताले तपाईंमाथि राखेको को आशा पूरा गर्नुहोस्,’ गान्धीले भने ।