संकल्प मिडिया सेन्टरद्वारा संचालित

हराएकी छोरी खोज्न निस्किएको ५ जनाको परिवार कार दुर्घटनामा सबैको मृत्यु

  •   काठमाडौं
  •   १६ भाद्र २०७६, सोमबार
  •   त्रिबेणी

 दैवपनि कति निष्ठुरी हुँदो रहेछ । फेरी अर्को एक घटनाले सबैको मन कुडिएको छ । घरकी प्यारी छोरी वेपत्ता भएपछि बाबु–मामा, दाजु–भाई, दिदि भएर खोजीका लागि निस्किएको परिवारका सबै सदस्यको छोरी नभेट्दै ज्यान गयो । उनीहरु सवार कार दुर्घटनामा पर्यो ।

सडक दुर्घटनामा एकै परिवारका ५ जनाले ज्यान गुमाए । भारत उत्तर प्रदेशको लखनऊ मुरादाबादमा एक तीव्र वेगको कार सडकको किनारमा उभिएको ट्र्याक्टर–ट्रलीसँग ठोक्कीएको हो । कार दुर्घटनामा एकै परिवारका पाँच सदस्यको मृत्यु भयो । जबकि चालक गम्भीर घाइते भएका छन् ।

पुलिसले भने कि मुहम्मद रफीको परिवार कारमा थियो । उनी दुई दिनसम्म बेपत्ता बहिनीलाई खोज्न आफन्तमा जान लागेका थिए । त्यसपछि उनको कार कुण्डारकी क्षेत्रमा दुर्घटनामा पर्यो ।

घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुकै परिवारको एक छोरी वेपत्ता भएकी छिन् । उनको खोजीका लागि नै यो परिवार एकसाथ बाहिर निस्किएको थियो ।