संकल्प मिडिया सेन्टरद्वारा संचालित

हत्या गरिएका बालक निशान खड्कालाई पुर्व कानुन मन्त्री तामाङले दिए अन्तिम श्रद्धाञ्जली

  •  
  •   २४ श्रावण २०७५, बिहीबार
  •  

साउन २४,काठमाडौ । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको पाँच दिनपछि बिहीबार दाहसंस्कार गरिएको छ। पशुपति अार्यघाटमा पुर्व कानुन मन्त्री शेरबहादुर तामाङ पुगेर बालकलाई अन्तिम श्रद्धाञ्जली दिएका हुन । मृतक निसानका बुबा मलेसियाबाट बुधबार मात्र नेपाल आइपुगेका पछि निशानको शव पोष्टमार्टम गरी पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो। अपहरणकारीले आइतबार राति निशानको भक्तपुरको ठिमीमा हत्या गरेका थिए। उनको हत्यामा संलग्न दुई जनालाई प्रहरी इन्काउन्टरमा मारिएका थिए।