संकल्प मिडिया सेन्टरद्वारा संचालित

हटाउला त दक्षिण अफ्रिकाले आफूबाट 'चोकर्स' शब्द

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

एजेन्सी/जब जब विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको नाम आउँछ, उसको सम्झना सँधै अन्तिम समयमा अभागी हुने टोलीका रूपमा आउँछ। यसको पछाडी उसको तीतो इतिहास साक्षी छ।
सन् १९९२ देखि लिएर २०१५ सम्मका विश्वकपमा द. अफ्रिका विभिन्न कारणले अभागी टोलीका रूपमा परिचित हुँदै आएको छ। यसका लागि उसलाई अंग्रेजीमा ‘चोकर्स’ शब्दको प्रयोग गरिने गरेको छ।
दक्षिण अफ्रिका आजसम्म एकपटक पनि विश्वकप क्रिकेटको फाइनलमा पुग्न सकेको छैन।
सन् १९९२ मा टोली डकवर्थ लुइस नियमका कारण सेमिफाइनलबाट बाहिर भयो।
साल १९९९ लन्स क्लूजनर र एलन डोनाल्डबीच रन लिने कुरामा सामञ्जयता हुन नसक्दा टोलीको विश्वकप यात्रा टुङ्गियो।
यसैगरी सन् २००३ मा नेट रनरेटको हिसाब नमिल्दा मात्र १ रनले पछिपर्दै घर फर्किन बाध्य भयो।
यस किसिमले विश्वकपबाट बाहिरिने भएकाले उसलाई ‘चोकर्स’ भन्न थालिएको हो।
यस्तोमा दक्षिण अफ्रिकाले यस विश्वकपमा आफ्नो नाममा जोडिएको सो शब्द हटाउँछ या हटाउँदैन त्यो भने यो विश्वकपले देखाउने नै छ।