संकल्प मिडिया सेन्टरद्वारा संचालित

हङ्गेरीमा डुङ्गा पल्टिँदा ७ को मृत्यु १९ बेपत्ता

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

एजेन्सी । हङ्गेरीको राजधानी बुडापेस्टस्थित ड्यानुब नदीमा डुङ्गा पल्टिँदा ७ को मृत्यु भएको छ । ३३ जना सवार दुईतले डुङ्गा पल्टिँदा अन्य १९ जना बेपत्ता भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

स्थानीय समयानुसार बुधवार राति १० बजेतिर नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङ्गामा अर्को डुङ्गा आएर ठोक्किएपछि अधिकांस दक्षिण कोरियाबाट आएका पर्यटक बेपत्ता भएका हुन् ।


दक्षिण कोरियाको विदेश मन्त्रालयले दुर्घटनामा आफ्ना १९ नागरिक हराइरहेको पुष्टि गरेको छ। उसले एउटा सरकारी टोली हङ्गेरी पठाउने योजना भएको बताएको छ। ड्यानुब नदीमा बिहीवार पूर्वाह्ण खोज तथा उद्धार अभियान चलाइएको छ।
खोजी कार्यमा न्याश्नल एम्बुलेन्स सर्भिस बुडापेस्टको मध्य भागबाट तल खटिएको तथा दक्षिणतिर ड्यानुब नदीमा अन्य डुङ्गाको आवागमनमा रोक लगाइएको अन्तराष््िरयसमाचार माध्यमले जनाएका छन् ।