संकल्प मिडिया सेन्टरद्वारा संचालित

स्कूट एयरवेजको विमान चेन्नाईमा आकस्मिक अवतरण

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

एजेन्सी/चेन्नाई– सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको विमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।  विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले विमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् ।
उक्त विमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । विमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ ।
विमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ ।