संकल्प मिडिया सेन्टरद्वारा संचालित

स्कुलको भ्यान पल्टिँदा ७ विद्यार्थी घाइते

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी खबर

काठमाडौं- कपनस्थित लिटिल वन नामक मन्टेश्वरी स्कुलको भ्यान पल्टिँदा ७ जना विद्यार्थी घाइते भएका छन्।

कपनको फैकामा १३ जना मन्टेश्वरीका विद्यार्थी सवार बस पल्टिएको हो। तीमध्ये ७ जना घाइते भएका हुन्। घाइतेमध्ये ४ जनामा सामान्य चोट र ३ जनाको हातखुट्टाको हड्डी भाँचिएको बताइएको छ।

उनीहरुको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ।

समयमै उद्धार गरेर अस्पताल पुर्‍याइएका कारण घाइते विद्यार्थीहरु पनि स्वास्थ्य लाभको क्रममा रहेका छन्।