संकल्प मिडिया सेन्टरद्वारा संचालित

सोलुखुम्बु घटनाबारे विप्लव नेतृत्वको नेकपाले निकाल्यो यस्तो विज्ञप्ति

  •  
  •   २० जेष्ठ २०७६, सोमबार
  •  

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारी सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ । सोमबार साँझ सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति जारी गरी सो कुरा बताएका हुन् ।

प्रवक्ता प्रकाण्डले आइतबार सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षडयन्त्रपूर्ण प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको तर पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्र अनुरुप त्यसप्रकारको फेक न्युज बाहिर आएको समेत स्पष्ट पारेका छन् ।
#रातोपाटी डटकमबाट साभार