संकल्प मिडिया सेन्टरद्वारा संचालित

सेरेनालाई हराउँदै १९ वर्षीया वियन्का च्याम्पियन

  •   काठमाडौं
  •   २२ भाद्र २०७६, आईतवार
  •   एजेन्सी

युएस ओपन टेनिसको उपाधि क्यानडाकी वियन्का एन्डे«स्क्यूले जितेकी छन् । आइतबार बिहान भएको फाइनल खेलमा वियन्काले अमेरिकी स्टार सेरेना विलियम्सलाई सोझो सेटमा हराउँदै च्याम्पियन बनेकी हुन् ।

१५औं वरीयताकी वियन्काले आठौं वरीयतामी सेरेनामाथि ६–३, ७–५ को जित निकालिन् । १९ वर्षीया वियन्काको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । पहिलो पटक च्याम्पियन बन्ने क्रममा वियन्काले एक घन्टा ४० मिनेट समय खर्चिएकी थिइन् ।

यसअघि ६ पटककी युएस ओपन विजेता सेरेना फाइनलमा त्यति जम्न सकिनन् । जसले गर्दा ३७ वर्षीया सेरेनाले २४औं ग्रान्डसलाम उपाधि चुम्ने सपना साकार भएन ।

उपाधि जितेपछि खुशी मनाउँदै वियन्काले सेरेनाविरुद्ध आत्मविश्वासका साथ खेल्दा जित सम्भव भएको बताइन् ।

सेरेनाले वियान्काले अविश्वनीय खेल प्रदर्शन गरेको बताइन् ।