संकल्प मिडिया सेन्टरद्वारा संचालित

सेयर गरेर जानकारी सर्वत्र बनाउन आयोगको आग्रह, आजदेखि देशभर मतदाता नामावली संकलन

  •  
  •   १ श्रावण २०७५, मंगलवार
  •  

काठमाडौ । विगतका निर्वाचनमा उमेर पुगेका सबै नागरिक मतदाता नामावली बनाउन नआएका कारण मतदानको अधिकारबाट बञ्चित बने । तर अबका निर्वाचनमा कोही नछुटाउन निर्वाचन आयोगले सर्वत्र सुचना पुर्याएर देशभरी मतदाता नामावली संकलन गरीरहेको छ । यसैले आजैदेखि ७७ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु भएको छ ।
 
निर्वाचन आयोगले आजदेखि नयाँ मतदाता नामावली दर्ता अभियानमा गरेको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले स्थानीय तह र प्रदेश सभाका केही स्थानमा उपनिर्वाचन हुनसक्ने भएकाले यसअघि मतदाता नामावलीमा नाम नभएका नागरिकलाई नाम दर्ता गरेर मतदानमार्फत् सार्वभौमसत्ताको प्रयोग गर्न अनुरोध गर्नुभयो । गत वर्ष भएका निर्वाचनको पर्यवेक्षण प्रतिवेदनमा ९३ प्रतिशत मतदान केन्द्रमा अपाङ्गता भएका मतदाताले पर्याप्त गोपनीयताका साथ मतदान गर्न सक्षम भएको उल्लेख छ ।