संकल्प मिडिया सेन्टरद्वारा संचालित

सुरक्षा संवेदनशीलतामा असर पुर्‍याउने ठूला भवनलाई कारबाहीको तयारी

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी

काठमाडौं- सरकारले सुरक्षा संवेदनशीलतामा असर गर्ने  ठूला भवनलाई कारबाही गरी अधिग्रहण गर्ने तयारी गरको छ। गृह मन्त्रालयले सुरक्षा संवेदनशीलतमाम असर पुर्‍याउने भवनका सम्बन्धमा छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाउने निर्णय गरेको हो। 

समितिले बन्दै गरेका त्यस्ता भवन बनाउन रोक लगाउने तयारी समेत गरेको छ। यस्तै बनिसकेका भवन आवश्यक प्रक्रिया पूरा गरी अधिग्रहण वा आवश्यक कारबाही अघि बढाउने सिफारिस गरेको थियो। 

गृह मन्त्रालयमा आइतबार गृहमन्त्री, गृहसचिव,  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान विभागका प्रमुख, काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, काठमाडौंका प्रजिअ, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले समितिले सिफारिस गरेबमोजिम कारबाही थाल्ने निर्णय गरेको हो। 

विशेषगरी अध्ययन समितिले राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको सिई रियल इस्टेट निर्माणमा रोक लगाई अधिग्रहण गर्न सिफारिस गरेको थियो। यसैगरी,  सिंहदरबार दक्षिण गेट,  राष्ट्रिय अनुसन्धान विभागको कार्यालयअघि बनेको इमिरो प्लाजा मापदण्डविपरीत देखिएकोले आवश्यक कारबाही गरी अधिग्रहण गर्नसमेत सिफारिस गरेको छ।