संकल्प मिडिया सेन्टरद्वारा संचालित

सुखी र समृद्ध नगरको लागि कृषिमा लगानी ; भिम न्यौपाने

  •   काठमाडौं
  •   २१ बैशाख २०७९, बुधबार
  •   त्रिबेणी

किसानको ठुलो बस्ती समेटिएको पालिकालाई उकास्न आयस्रोतको मुल आधार कृषि नै बनाउनु पर्छ । पनौतिलाइ कृषिमय बनाइ पनौती बाशीको जिबनस्तर उकास्न कृषकमैत्री योजनालाइ नेकपा एमाले पनौतिले समेटेको छ। बीउ देखि उत्पादन बेच्ने  बजार सम्म , घाँस देखि दूध र पशु सुत्केरी भत्ता सम्म , ऋण देखि अनुदान सम्म , तालिम देखि पुरस्कार सम्म नेकपा एमाले पनौतीले पनौतिको लागि कृषिनै आयस्रोतको मुलाआधार भएको भन्दै कृषि बिकास तथा बचाउका निम्ति थुप्रै योजना ल्याएको छ।

पनौती नगरपालिकाका निबर्तमान मेयर एबम , मेयरका उम्मेद्बार भिम न्यौपानेले आफू स्वयमलाइ समेटी सिङ्गो पालिकाका आधी भन्दा बढी जनहरु कृषि उपजमा सम्मेलित भएको र पनौती नगरमा कृषि तथा पशु-पन्छिको राम्रो सम्भावना पनि भएको हुँदा आफुले किसान र कृषिलाई ध्यानमा राखी अघिल्लो कार्यकालमा पनि थुप्रै काम गरेको र अब पनि थप आकर्षक योजना सहित सहज र सरलतापुर्बक कामहरु अघि बढाउने बताउनु भएको छ। हामीले कृषि र किसानका मुद्दाहरु समेटी थुप्रै योजनहरु ल्यायका छौ र यी योजना पुरा पनि गर्नेछौं।यी योजना पूरा भएको दिन अबश्य यो नगरपनी सुखी र समृद्ध हुनेछ भन्ने कुरा न्यौपानेले बताउनु भयो।

पनौती नगर पालिकाको कृषि, सिंचाई तथा पशुपन्छी सम्बन्धि प्रतिबद्धताका बुदाहरु;

क.    निर्वाहमुखि कृषि पेशालाई तालिम,परामर्श,अनुदान तथा आवश्यक सहुदियत सुविधाको माध्यमबाट व्यवसायिक कृषि तर्फ आकर्षित गरिनेछ ।

ख.    कृषि बिमा शुलभव्याजदरमा सहज कृषि कर्जा,कृषि उत्पादनको पहुँच, किसान र उपभोक्ता बिचको दुरी न्यूनिकरणका लागी आवश्यक गृहकार्य गरी कृषिलाई सम्मानित पेशा बनाइनेछ । एक वडा एक कृषि उपज संकलन केन्द्र निर्माण गरिनेछ ।

ग.     किसानहरुले उत्पादन गरेको कृषि उपजहरु सिधै उपभोक्तासम्म पुर्याउने कार्यको व्यवस्थापन गरिनेछ । 

घ.     नगर स्तरीय आधुनिक कृषि बजारको निर्माण गरी सञ्चालनमा ल्याइनेछ ।

ङ.     कृषिलाई अत्यावश्याक सिँचाइ,उन्नत बिउ विजन,उन्नत प्रविधिको प्रयोग, रसायनिक मलको समयमै व्यवस्था गर्ने प्रभावकारी संयन्त्र निर्माण गरी कृषि क्रान्तिको कार्यलाई अगाडी बढाइनेछ ।

च.     कृषि योग्य जमिनको लगत संकलन ,साको अत्युत्तम प्रयोग र साधन कृषि हुने क्षेत्रमा कृषि सडकको व्यवस्थालाई उच्च प्राथमिकतामा राखी कार्य अघि बढाइनेछ ।

छ.    वडा, टोलस्तरमा व्यावसायिक कृषिमा संलग्न कृषकहरुको समुह निर्माण गरी उनीहरुको क्षमता अभिवृद्धिको तालिम, सिप सिकाई एवं आवश्यक सेवा सहुलियत उपलब्ध गराइनेछ ।

ज.    वडाहरुको भौगोलिक वनावट , त्यहाँको हावापानी, उपलब्ध हुने घाँसपात र बजारसँगको निकटता आदि तथ्यहरुको आधारमा पशुपालन, खेतीपाती गर्न प्रोत्साहित गरिनेछ ।

झ.    निजी साझेदारी वा सहकारी प्रारुपमा क्षेत्रगतरुपमा  कम्तिमा पनि एउटा उच्च प्रविधियुक्त शीतगृह (कोल्ड स्टोर ) निर्माणको लागी प्रोत्साहित गरिनेछ ।

ञ.     नगरपालिका भित्र कलेज एवं माध्यामिक विद्यालयहरुलाई कृषि तथा पशुसेवा सम्बन्धि विषयको अध्यापन गराई स्थानिय जनशक्तिको उत्पादन र प्रबद्र्धनमा जोड दिन लगाइनेछ ।

ट.     विशेष गरी व्यवासयिक कृषि प्रणालीको  प्रवद्र्धन र विस्तारका लागी कृषि सहकारीहरुलाई अधिकारीक परिचालन र प्रोत्साहित गरिनेछ ।

ठ.     उच्च प्रतिफलदायि पशुपालनका लागी नरलसुधार, उन्न्त र पौष्टिक घाँस ÷ स्याउलाको पहिचान र विकास, खर्कको सुविधा, पशुजन्य औद्योगिक उत्पादन, वितरण र बजारीकरणका संभाव्य उपायहरु पहिचान गरी तदारुकताका साथ कार्यान्वयनमा ल्याइनेछ ।

ड.      दुग्ध उत्पादन एवं भैसी तथा गाइको संख्या वृद्धि गरी किसानको आय आर्जनलाई वृद्धि गर्ने उदेश्यले भैसी सुत्केरी भत्तालाई निरन्तरता दिइनेछ । गाइ सुत्केरी भत्ताको शुरुवात गरिनेछ । यसले पनौती नगर भैसी र गाइको स्रोत केन्द्रको रुपमा विकास हुनेछ ।

ढ.     भैसी तथा गाइ धितो राखेर किसानलाई सहुलियत ऋण प्रदान गर्न सहकारी एवं वित्तीय संस्थासंग साझेदारी कार्यक्रम लागु गरिनेछ ।

ण.    कृषि अनुदान व्यवस्थालाई सहज, सरल तुल्याउनका साथै सो को सदुपयोग भए, नभएको आदि विषयको नियमित अनुगमन र निगरानी गर्ने संयन्त्रको विकास गरिनेछ ।

त.     कृषि र पशुपालन व्यवसायका लागी संभावित सबै स्रोतहरुको बुद्धिमत्तापूर्णरुपले परिचालन आवश्यकता अनुसार पानीको व्यवस्था गरिनेछ ।

थ.     विशेष प्रोत्साहन र राहतको माध्यामबाट जैविक ( अर्गानिक ) खेतीलाई प्रोत्साहित गरि राष्ट्रिय एवं अन्तराष्ट्रिय बजारमा सोको पहुँच पुराउन आवश्यक सहयोग गरिनेछ ।

द.     स्थानीय पहिचान र विशेषता खुल्ने रैथाने बाली, पशुपन्छी वा जलचरको विकास र संरक्षण गरिनेछ ।

ध.     गुणस्तरीय पशु बधस्थल पशुबघशाला तथा मांसबिक्री पसलहरुको स्थापनामा जोड दिइनेछ ।

न.     प्रत्येक घरलाई करेसाबारी ता कौशीखोती स्थापनाको लागी प्रोत्साहित गरिनेछ ।

ऩ.     विदेशबाट आएका युवाहरुलाई सामुहिक वा व्यक्तिगत रुपमा कृषि एवं पशुपालन कार्य गर्न आवश्यक अनुदान तथा सहुलियत ऋणको व्यवस्था गरिनेछ ।

प.     कृषकहरुले उत्पादित कृषि उपजहरुमा उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्ने व्यवस्था गरिनेछ ।

फ.    कृषि जमिन जोगाउनका लागि नयाँ बनेका अव्यवस्थित भेलहरुलाई खोल्सासम्म व्यवस्थापन गर्ने पक्की ड्रेनको निर्माणको नीति अंगिकार गरिनेछ ।

ब.     नगरपालिकाभित्र कम्तिमा एउटा घाँस स्रोतकेन्द्र स्थापना गरिनेछ र कम्तिमा एउटा माटो परिक्षण केन्द्रको स्थापना गरिनेछ ।

भ.    नगरका सवै किसानहरु लाभान्वित हुने गरी किसान पेन्सन योजना सञ्चालन गरिनेछ ।

म.    नगरमा एक कृषिबाली पशुपन्छि जोखिम कोष निर्माण गरिनेछ ।

य.     कृषि पेशामा संलग्नहरुको लगत तयार गरी किसान परिचय पत्र वितरण गरिनेछ । किसान परिचय पत्रको आधारमा अनुदान तथा सहुलियत ऋणको व्यवस्था गरिनेछ । 

र.      जंगली जनावरहरुबाट किसानको बालीमा हुने क्षति न्युनीकरण गर्ने प्रयत्न गरिनेछ । क्षति भएका किसानहरुलाई राहतको व्यवस्थापन गरिनेछ ।

ऱ.      मल्पी– लिलावती, नौविसेफाँट, बल्थली लगायतका ठूला सिचाई आयोजनालाई थप व्यवस्थित र विस्तारित गर्दै सिचाई पुग्ने संभावना भएका सबै खेती योग्य जमिनमा सिचाई सुविधा पु¥याउने गरी कार्यक्रम बनाइनेछ ।

ल.    नगरपालिकाको सिञ्चित भूमि क्षेत्र बढाइनेछ । ठूला सिचाई आयोजना सञ्चालन नभएका नगरका सवै कृषियोग्य जमिनहरुमा सिंचाई पुर्याउनका लागि आवश्यक व्यवस्था गरिनेछ ।

ळ.    भूमिगत जल भण्डारणको लागि परम्परागत पोखरी संरक्षण, डाडाहरुमा सम्भाव्यता भएका स्थानमा पोखरी निर्माण गरिनेछ ।

ऴ.    सवै वडा र वस्तीमा चल्तिमा रहेका सिचाई कुलोहरु थप व्यवस्थित गरिनेछ ।

व.     सडक क्षेत्रमा परेको व्यक्तिगत जग्गाको एकिन गरी लगत कट्टा गराउने नीति अघि बढाइनेछ ।