संकल्प मिडिया सेन्टरद्वारा संचालित

सीप सिकेर आत्मनिर्भर बन्दै महिला

  •   पाँचखाल
  •   १५ आश्विन २०७६, बुधबार
  •   सुरेश अधिकारी

पछिल्लो समय महिला दिदिबहिनीहरु सिपमुलक कार्यमा पनि अग्रसर हुँदै आयका छन।

आब 075/076 मा पाँचखाल नगरपालिका २ नम्बर वडाले सिपमुलक कार्यमार्फत महिलाहरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यले बुटिक निर्माण तालिम सन्चालनको लागि १००००० बिनियोजन गरेको थियो।सोही निर्माण तालिममा सहभागी भइ पाँचखाल नगरपालिका २ टाकेका महिला दिदि बहिनीहरु आत्मनिर्भर बन्ने बाटोमा अग्रसर भयका छन।

3 महिने तालिममा सहभागी भइ महिलाहरुले आकर्षक बुट्टाहरु भर्न सक्षम भयका छन। आज पाँचखाल २ टाकेमा बिजयादशमी तथा दिपावलिको पावन अबसरमा एक शुभकामना आदनप्रदान कार्यक्रमका बिच सो कार्यक्रम को समापन यसै वडाका वडा अध्यक्ष हरिराम खतिवडा ज्युले गर्नुभयको थियो।महिला हरुको लगन मिहेनत र अनुशासन ले छोटो समयमा थोरै लगानीमा धेरै राम्रो सीप र कला सिक्न सफल भयकोमा आफू हर्शित भयको ब्यक्त गर्दै आगामी दिनमा सो कार्यक्रम लाई अझै निरन्तरता दिन र आबस्यक सहयोग को लागि वडा सधै तत्पर रहेको बताउनु भयो।

साथै यो कार्यक्रम पाँचखाल नगरपालिका कै एक उत्कृष्ट कार्यक्रम भयको पनि जानकारी दिनुभयो।कार्यक्रम को सभापतित्व बुटिक निर्माण समिती अध्यक्ष जमुना सापकोटा ले गर्नुभयको थियो भने सन्चालन बालकृस्ण सापकोटा ले गर्नुभयको थियो।कार्यक्रममा वडा सदस्य,वडाका विभिन्न संघ सस्थाका प्रतिनिधि, जेस्ठ नागरिक,स्थानीय हरुको सहभागीता रहेको थियो।करिब 3 महिना संचालित सो तालिममा 28 जनाले सीप सिकेका छन।

सहभागी हरुलाइ प्रमुख अतिथिको हातबाट प्रमाणपत्र प्रदान गरियको थियो बजारमा बुटा भरियका सारी चोलो ब्ल्वाउज को माग अत्याधिक भयको र कमाइ पनि राम्रो हुने भयको हुदा यो पेसामा राम्रो जिबिकोपार्जन गर्न सकिन्छ।महिलाहरुले सिकेको सीप प्रयोग गर्दै ब्याबसायिक रुपमा अगाडि बढेमा राम्रो आयाअर्जन को स्रोत बन्ने निस्चित छ।

तस्बिरमा महिलाहरुले निर्माण गरेका बुटिकका नमुनाहरु