संकल्प मिडिया सेन्टरद्वारा संचालित

सिके राउतकोले बोले संविधान विरोधी धावा,

  •  
  •   ८ भाद्र २०७५, शुक्रबार
  •  

काठमाडौं । मधेसलाई छुट्टै देश बनाउनु पर्छ भन्दै विखण्डनवादी धारमा उभिएका डा. सिके राउतले फेरि संविधानमा धावा बोलेका छन् ।

असोज ३ः कालो दिन, जनकपुरमा कालो दिवस मनाइने घोषणा

लामो समयको मौनता तोड्दै राउतले सामाजिक सञ्जाल फेसबुकमा असोज ३ लाई कालो दिन मनाउन अपिल गरेपछि तराईमा तरंग मच्चिएको छ । २ नम्बर प्रदेशको राजधानी जनकपुरमा संविधान जारी भएको दिन असोज ३ गते राउतले धनुषा, महोत्तरी, महोत्तरीका युवापुस्ता भेला पारेर कालो दिवस मनाउने घोषणा गरेका छन् ।
राउतले असोज ३ लाई कालो दिन मनाएर मधेसलाई धोका भएको दिनका रुपमा उल्लेख गर्दै फेसबुकबाटै असोज ३ गते १२ बजे जनकपुर भेला हुन अपिल गरेका छन् । यति मात्र होइन, उनले काठमाडौंमा समेत असोज ३ गते कालो दिवस बनाउन नागरिकलाई अपिल गरेका छन् । उनले असोज ३ लाई कालो दिवस मनाउँदा मधेसको सहिदको सम्मान हुने बताएका छन् । मधेसी नेताहरुको पनि तस्बिर राखेर उनले फेसबुकमा गरेको अपिलले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा चर्चा पाएको छ ।

राउतको अपिल र तयारीबारे केन्द्र सरकार र प्रदेश सरकार गम्भीर बन्ला कि नबन्ला सबैको चासो बनेको छ ।