संकल्प मिडिया सेन्टरद्वारा संचालित

सासुलाई दैनिक कुट्ने बुहारी पक्राउ, आठ वर्षीयाले खिचेको भिडियो भाइरल

  •  
  •   २६ जेष्ठ २०७६, आईतवार
  •  

एजेन्सी/भारतको हरियाणामा महेन्द्रगढ जिल्ला छ । जहाँको एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा दुई महिला छन् । खाटमा बसिरहेकी एक वृद्धा र उनकी बुहारी । भिडियोमा बुहारीले पटकपटक सासुलाई कुटिरहेको देख्न सकिन्छ ।
यो भिडियोलाई वृद्धाकी आठ वर्षकी नातिनीले रेकर्ड गरेको भारतीय संचार माध्यमले बताएको छ । यद्यपि, सोसल मिडियामा केही मानिसहरुले यो भिडियो छिमेकीले घरको छतबाट रेकर्ड गरेको बताइरहेका छन् ।
भिडियो ऋषि बागरीको ट्वीटर ह्यान्डलबाट सेयर गरिएको हो । उनका अनुसार यी महिला स्वतन्त्र हिन्द फौजका सदस्य हुन् र उनलाई बुहारीले दैनिक कुट्छिन् । उनले हरेक महिना ३० हजार भारु पनि पेन्सन पाउने गरेको पनि बताइन्छ ।
स्रोतका अनुसार पेन्सनको लोभमा नै उनले सासुलाई कान्छो छोराको घरबाट ल्याएकी थिइन् । महिलाका श्रीमान् पुलिस हुन् त्यसकारण उनीविद्ध कसैले पनि आवाज उठाउने हिम्मत गर्दैनन् ।

Embedded video

Rishi Bagree 🇮🇳@rishibagree

Dear @mlkhattar
This video clip is from Niwaj Nagar village in the subdivision Narnaul of the Mahendragarh District in Haryana filmed by neighbours.This old woman is a proud Ex member of INA and get Rs 30000/- Govt pension who is regularly beaten by her Daughter in law.
Pls help

8,667 people are talking about this

हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले पनि यो भिडियोको विषयमा ट्वीट गरेका छन् । उनले लेखे, ‘यो दुःखद र निन्दनीय छ ।  सभ्य समाजमा यस्तो प्रकारको व्यवहारलाई सहन सकिँदैन । यसबारे मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरिएको छ ।’

Manohar Lal

@mlkhattar

This is deplorable and condemnable, such behavior should not be tolerated in civilised society.
A case has been registered and the accused has been arrested.

Rishi Bagree 🇮🇳@rishibagree

Dear @mlkhattar
This video clip is from Niwaj Nagar village in the subdivision Narnaul of the Mahendragarh District in Haryana filmed by neighbours.This old woman is a proud Ex member of INA and get Rs 30000/- Govt pension who is regularly beaten by her Daughter in law.
Pls help

Embedded video

9,148 people are talking about this

वृद्धाको उमेर ८० वर्ष बताइएको छ । पुलिसले महिलालाई पक्राउ गरेर वृद्धाको मेडिकल पनि गराएको जानकारी दिए ।