संकल्प मिडिया सेन्टरद्वारा संचालित

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

  •  
  •   १६ श्रावण २०७५, बुधबार
  •  

साउन, १६ काभ्रे – बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।

आगामी सेप्टेम्बर ४ देखि १५ सम्म चल्ने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, र भुटानले सहभागिता जनाउँदै छन्। सार्वजनिक तालिका अनुसार समूह ‘ए’ मा नेपालसहित पाकिस्तान, भुटान र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन्।

नेपालले पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसँग खेल्नेछ। त्यस्तै सेप्टेम्बर ६ मा हुने दोस्रो खेलमा भुटान र सेप्टेम्बर ६ मा हुने समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाली फुटबल टिम यतिबेला साफ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको छ।