संकल्प मिडिया सेन्टरद्वारा संचालित

साउनमा महिलाले किन लगाउँछन हरियो चुरा ? यस्तो छ महत्व …

  •  
  •   १ श्रावण २०७५, मंगलवार
  •  

काठमाडौ । आजैबाट साउन महिना शूरु भएको छ । यो महिना महिलाहरुका लागि विशेष हुन्छ । हरियो चुरासँगै झपक्क सारी, चोलीमा ठाँटिएका महिला, आमा, दिदि बहिनीहरु देख्न थालेका छन् । अझ हाम्रो हिन्दु समाजमा महिलाले काँचको चुरा लगाउनुलाई विशेष महत्वको साथमा हेर्ने गरिएको छ । उनीहरुलाई चुरासँग जोडिन्छ । अहिले धेरैले यसलाई फेशन बनाउन थालेका छन् । तर के तपाँइलाई थाहा छ महिलाले हातमा चुरा किन लगाउँछन ? यससँग जोडिएको वैज्ञानिक सत्य निकै थोरै मानिसहरुलाई मात्र थाहा हुनसक्छ । हिन्दू धर्मअनुसार साउनमा हरियो चुरा लगाएमा मनले चाहेको कुरा पूरा हुन्छ भन्ने मान्यता रहेको छ ।
महिलाले आफ्नो पतिको दिर्घ आयुको कामना गर्दै चुरा लगाउने गर्छन । साउनमा विवाहित महिलाले सौभाग्यको प्रतीकाका रूपमा यो लगाएर भगवान् शिवको पूजा आरधना गर्ने गर्छन् । झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । साउनको पहिलो साता नबित्दै प्लस टु किशोरीहरूको नाडीमा काँचको यसको धुन बज्न थाल्छ । विवाहितले पतिको आयु लामो होस् भनेर हरियो चुरा लगाउने गरेको दाबी गरिन्छ भने अविवाहितले आफूले मन पराएको पुरुषलाई पति बनाउने अभिलाषाका साथ ।
साउन महिनामा व्रत बसेर हरियो काँचको चुरा लगाउनु अध्यात्मवादी दर्शन होला तर यसै चलनलाई आधुनिकताको पनि प्रतीक मान्न थालेका छौं । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ । वास्तवमा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ । सामान्यतया मान्छेको नाडी लगातार चलिरहेको हुन्छ । अनि नाडीको नसा छामेर नै सबै किसिमका रोग परीक्षण गर्न सकिन्छ । महिलाहरूले प्रयोग गर्ने चुरा प्रायः नाडीमा नै लगाइन्छ र यसको लगातार घर्षणले रक्तसञ्चारको तहलाई बढाउँछ । अझ अर्को सत्य तपाँइलाई थाहा नहुन सक्छ त्यो के भने,बाहिरी छालाबाट प्रवाहित बिजुली वृत्ताकार चुराका कारण शरीरमै फर्केर आउँछ । चुराको छेउटुप्पो नहुने हुनाले ऊर्जा बाहिर जाँदैन र शरीरमै फर्किन्छ ।