संकल्प मिडिया सेन्टरद्वारा संचालित

सांसदलाई ६ करोड बाँड्ने सरकारी निर्णय भ्रष्टाचारको अभ्यास : प्रदीप पौडेल

  •  
  •   २० जेष्ठ २०७६, सोमबार
  •  

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सांसदलाई ६ करोड बाँड्ने सरकारी निर्णयलाई भ्रष्टाचार गर्ने माध्यम भएको बताएका छन्।
नवलपुरमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा  सोमबार बोल्दै नेता पौडेलले सांसदहरुलाई बाँड्ने भनिएको रकम एकै ठाउँमा जम्मा गरी ‘बास्केट फण्ड’बनाउन विकल्प सुझाए। बास्केट फन्ड मार्फत् राष्ट्रिय गौरवका आयोजना निर्माण गनुपर्ने उनको राय थियो।
निर्वाचित सांसद तथा जनप्रतिनिधिहरुलाई कुनै तलब भत्ता नलिई सबै रकम समृद्ध नेपाल बनाउने अभियानमा खर्चन पौडेलले चुनौती दिए।
निर्वाचित सांसदसहित सबै जनप्रतिनिधिहरुले पाउने सबै तलब, रकम तथा भत्ता निश्चित कोषमा जम्मा गर्न कांग्रेस नेतृत्वलाई सुझाव दिए।
सरकारले घोषणा गरेको बजेटले मुलुकलाई  समृद्ध बनाउन नसक्ने ठोकुवा उनले गरे।
‘आन्तरिक स्रोत साधनबाट अहिले ९ खर्ब ८१ अर्ब उठ्छ, तर चालु खर्च नै ९ खर्ब ५७ खर्ब छ, बाँकी रहेको २४ अर्बबाट कसरी समृद्ध नेपाल बनाउन सकिन्छ,’ पौडेलले प्रश्न गरे।
चालु खर्च नै ९७ दशमलव ५५ प्रतिशत रहेको अवस्थामा २ दशमलव ४५ प्रतिशतको विकास खर्चबाट समृद्धि असम्भव रहेको उनको तर्क थियो।
आर्थिक मितव्ययिताको खाका ल्याउन सरकारले ल्याउन नसकेको आरोप लगाउँदै पौडेलले भने, ‘आवश्यकता भन्दा बढी कर्मचारी, सेना तथा प्रहरीको संख्या कटौती गर्नुपर्छ