संकल्प मिडिया सेन्टरद्वारा संचालित

साँगाको घरटहराहरु भत्काउन सुरु: स्थानीयले राजमार्गमा अवरोध

  •  
  •   १५ आश्विन २०७५, सोमबार
  •  

१५ असोज, बनेपा । सडक विभाग र बनेपा नगरपालिकाले अरनिको राजमार्ग अन्तर्गत साँगा क्षेत्रमा राजमार्ग अतिक्रमण गरेर बनाइएका घरटहराहरु भत्काउन सुरु गरेको छ ।
Image may contain: sky and outdoor
सुर्यविनायक धुलिखेल सडकलाई फराकिलो बनाउनका लागि नगरपालिका र सडक विभागले पटक पटक सूचना जारी गर्दै सडक आसपासका घरटहराहरु हटाउनका लागि भनेपनि अटेर गरे पछि सोमबार बाट साँगा देखि डोजर लगाएर घरटहरा भत्तकाउन सुरु गरेको हो । नगरपालिकाले सडक मिचेर बनाइएका घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा तनावको स्थीति सिर्जना भएको र अवस्थालाई नियन्त्रणमा लिन प्रहरी ३ सेल अश्रुग्यास समेत प्रहार थियो ।
Image may contain: one or more people and outdoor
सडक विस्तारको कार्यलाई अवरुद्ध हुने गरी आन्दोलनमा उत्रिएका स्थानीय आन्दोलनकारीलाई प्रहरीले लाठीचार्ज समेत गरेको छ भने घटनामा दर्जन भन्दा बढी घाइते भएका छन् । अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गर्दा तनाव सिर्जना थियो भने प्रहरी प्रशासनले राजमार्ग खुलाउन खोज्दा घर टहरा सन्चालक र प्रहरीबीच झडप भएको थियो ।

नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको थियो ।
घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्याल्य भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । स्थानीयले भने दशैंसम्म घरटहरा नहटाउन माग गरेका छन् ।

डिभिजन सडक कार्यालय, भक्तपुरका प्रमुख गुरु अधिकारीले भने अरनिको राजमार्ग साँगाबाट धुलिखेलको सम्मको ९ किलोमिटर सडक मिचेर बनेका घर टहरा यो साताभित्र हटाइने बताएका छन् ।
Image may contain: sky and outdoor