संकल्प मिडिया सेन्टरद्वारा संचालित

सर्बोच्चले हटायो प्रधानन्यायाधीशबाट जोशीको नाम

  •  
  •   २१ श्रावण २०७५, सोमबार
  •  

सर्बोच्च अदालतले प्रधानन्यायाधीशबाट दिपकराज जोशीको नाम हटाएको छ ।  सो अदालतको आधिकारिक वेव साईट बाट यसरी नाम हटाएको हो । सो साईटमा कायम मुकाम प्रधानन्यायाधीश  भन्दै ओमप्रकाश मिश्रको नाम राखेको छ ।
आईतबार देखि कामु प्रधानन्यायाधीश दिपकराज जोशीले बिदा लिएपछि वरिष्ठताका आधारमा ओम प्रकाश मिश्रले काम गर्दै आएका छन् ।
शुक्रबार बसेको संसदीय सुनुवाई समितिले बिभिन्न कारण देखाउदै दिपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । संसदीय समितिको सो निर्णयपछि जोशी १५ दिनका लागि बिदामा बसेका छन् ।