संकल्प मिडिया सेन्टरद्वारा संचालित

सरकार आर्थिक वृद्धि तथा प्रशासनिक काममा इतिहासमै फड्को मार्न सफल: मन्त्री पण्डित

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी खबर

काठमाडौँ, १५ भदौ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले द्रुत गतिमा काम गरिरहेको बताउनु भएको छ ।

आज काठमाडौँमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले आर्थिक वृद्धि हासिल गर्नमा तथा प्रशासनिक काममा इतिहासमै फड्को मारेको दाबी गर्नु भएको छ ।

उहाँले भन्नुभयो , ‘कर्मचारी समायोजनको कुरा भन्नुहोस वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौं ।’

सरकारले संविधानअनुसार ऐन, कानून बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको बताउदै उनले भने, ‘हामी आईपरेका समस्याहरु समाधान गर्दै अघि बढिरहेका छौं । नयाँ परिवर्तन तुरुन्तका–तुरुन्त सबै कुरा एकैचोटी हुँदैन । यसको लागि समय लाग्छ । रातारात सबै काम हुँदैन् । एकै दिनमा, एकै रातमा सबै कुरा व्यवस्थित् हुँदैन्।’