संकल्प मिडिया सेन्टरद्वारा संचालित

‘ सरकारी जग्गा व्यक्तिको नाममा हुँदैन’ -मन्त्री अर्याल

  •  
  •   २ बैशाख २०७६, सोमबार
  •  

भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सर्वोच अदालतकै फैसला आएपनि सरकारी जग्गा व्यक्तिका नाममा कुनै पनि हालतमा दर्ता गर्न नसकिने बताउनुभएको छ । यदि कसैले यस्तो सपना देखेको भए त्यस्तो सपना नदेख्न पनि मन्त्री अर्यालले चेतावनी दिनुभयो ।
आफ्नो एउटै मात्र उद्देश्य मालपोत र नापी कार्यालयमा हुने गरेका बेथितिको अन्त्य गर्नु रहेको बताउँदै मन्त्री अर्यालले यसको लागि आफू कुनैपनि बहानामा नअलझीने र कसैले प्रभावमा पार्ने सोचेको भए त्योजस्तो ठूलो भुल केही पनि नहुने उल्लेख गर्नुभयो ।
चापाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको स्पस्ट पार्दै मन्त्रालयले मालपोत र नापी कार्यालयमा रहेका श्रेस्तालाई कप्युटर प्रणालीमा सुरक्षित राख्न कार्यालयमा रहेका पुराना कागज पत्रलाई स्क्यानीङ गर्ने काम भइरहेको बताउनु भयो ।
मालपोत र नापी कार्यालयको काम कारबाही लाई सुरधार गर्ने उद्देश्यका साथ अनलाइन प्रणालीको सुरुवात गरेको बताउदै उहाँले चाहेजति काम अझै नभएपनि धेरै सुधार भएको बताउनु भयो । मालपोत र नापी कार्यालयको बेथिती रोक्नको लागि कार्यालय लाई व्यवस्थीत गर्न जरुरी रहेको बताउँदै उहले भन्नुभयो ‘अब बन्ने कार्यालय सबै एकै ठाउँमा राखिने र एक ठाउँबाट अर्को ठाउँको काम देखिने खालको भएमा जनतालाई दुःख पनि हुँदैन र कोठै पिच्छे हुने ढिला सुस्ती र आनाकानीको पनि अन्त्य हुन्छ ।’
मन्त्रालयले सहकारीको भित्रभित्रै अनुगमन गरेको र आगामी पाँच वर्ष भित्रमा सहकारीको संख्यालाई पचास प्रतिशतमा झार्ने पनि बताउनु भयो । सहकारी जुन उद्देश्यले खोलिएको हो सोही अनुसार काम गर्नुपर्छ । ‘पैसा राख्ने र ऋण दिने कामले मात्रै पुग्दैन, अब उत्पादन संगै जनताको सुख दुःख संग सहकारी जोडिनु पर्छ’, मन्त्री अर्यालले भन्नुभयो ।