संकल्प मिडिया सेन्टरद्वारा संचालित

सरकारले थाल्याे बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज प्रक्रिया

  •  
  •   २३ बैशाख २०७६, सोमबार
  •  

काठमाडौ, २३ वैशाख– सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको छ ।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको जानकारी दिनुभएको हो ।
‘४५० कित्ता जग्गा रोक्का गरिसकिएको छ’, उहाँले भन्नुभयो, ‘अब खारेजी प्रक्रिया छ ।’ ‘१५ दिन कित्ता पत्ता लगाउन लाग्यो । छानबिनका लागि सोमबारसम्म म्याद दिएको छु ।’ उहाँले १७÷१८ कित्ता अझै पत्ता लगाउन बाँकी छ । ती जग्गाको दर्ता खारेज गरेर सरकारको नाम ल्याइन्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।