संकल्प मिडिया सेन्टरद्वारा संचालित

सरकारले अचानक फुटायो मन्त्रालय, थपियो मन्त्रातल : को को बने मन्त्री

  •  
  •   १० श्रावण २०७५, बिहीबार
  •  

१० साउन, काठमाडौं । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको छ । यससँगै प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कृषि र भूमिव्यवस्था मन्त्रालयलाई अलग अलग बनाएको हो । अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय हुने सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।
हाल कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल छन् । अब उनलाई कृषि तथा पशुपंक्षी दिइनेछ भने स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
दुवै सत्तारुढ नेकपाका सांसद हुन् । स्वास्थ्यमा भने फोरमबाट राज्यमन्त्री ल्याउने तयारी छ ।