कृषि पशुपालन,फलफूल ,तरकारी तथा मत्स्य पालन तालीम कार्यक्रम अन्तर्गत घिमिरे दाजुभाइ कृषि तथा पशुपालनले आयोजना गरेको मत्स्य पालन सम्बन्धि ५ दिने तालीम कार्यक्रम आज बाट सुरु भएको छ।
बुधबार बागमती नगरपालिका राजघाटमा आयोजना भएको उक्त कार्यक्रममा बागमती नगरपालिकाको उपप्रमुख श्री लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा जिल्लाका उल्लेख्य पत्रकार, जनप्रतिनिधि , बुद्धिजीवी एवम् कृषि प्राबिधिक लगाएत करिब २०० जना कृषकको उल्लेख्य सहभागितामा ५ दिने कार्यक्रमको सुरुवात भएको छ।
उक्त कार्यक्रम माछापालन लगाएत अन्य कृषि जन्य तालीममा केन्द्रित रहने छ।
कृषिमा उन्नति प्रगतिमा टेवा पुर्याउनु एवम् युवालाई
सक्षम बनाउन र स्वदेशमै रोजगारी सृजित गर्न कार्यक्रम सञ्चालनमा ल्याइएको फार्म सञ्चालकका एक सदस्य चेतन घिमिरेले बताउनुभयो।
रिसर्च एण्ड डेभलपमेन्ट ईन्स्टिच्युट नेपालको सहकार्यमा कार्यक्रम सञ्चालन भएको छ।
उक्त मत्स्य पालन तालीम कार्यक्रमका लागी प्रशिक्षक नमराज घिमिरे , सबिन घिमिरे र पृथ्वी भुजेल रहनु भएको छ।
निकै सङ्घर्सका बाबजुद स्थापन भएको यस घिमिरे कृषि फार्मले कृष्कलाई राहत हुने हेतु नि:शुल्क तालीम सञ्चालनमा ल्याएको फार्म सञ्चालक राम प्रसाद घिमिरे ले बताउनुभयो।
बागमती नगरपालिकामै पहिलो पटक आयोजना भएको उक्त मात्स्यपालन कार्यक्रम बा.न .पा वडा ६ का वडा प्रमुख खड्ग बहादुर राई( गोबिन्द)को विशेष पहलमा आयोजना भएको हो।
वडा न.६ मा चुनावी प्रतिबद्धता पूरा गर्दै बिकास निर्माण लाई तिब्र गतिमा अघि बढाउन सफल जनप्रतिनिधिका रूपमा स्थापित खड्ग बहादुर राई( गोबिन्द) कृषिलाई अघि बढाउन र युवालाई सक्षम बनाउन जस्तौसुकै कदम चालन पनि पछि नहट्ने कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्नुभयो।
कृषिलाई आधुनिक तरिकाले गर्ने र युवालाई रोजगारी बनाउने उक्त घिमिरे फार्मको लक्ष्य देखिन्छ ।
प्राविधि सम्पन्न उक्त घिमिरे फार्मले युवालाई रोजगारी प्रधान गर्ने र बेलाबेला मा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउदा स्थानीय निकै उत्साहीत छ्न।
देशमा एक उदाहरणिय कृषि ,पशुपालन फार्ममा स्थापित उक्त फार्मले कृषि क्षेत्र मा निकै टेवा पुर्याएको छ।
सर्लाही ,बागमती नगरपालि वडा न.६ मा प्रदेशकै धेरै सङ्ख्यामा कृषि फार्म दर्ता गरि यहाँका ९० प्रतिशात युवा कृषि पेशामा आवद्ध रहेको र प्राबिधिक ज्ञान नहुदा व्यवसाइक बन्न नसकेको र आघामी युवा र कृषिलाई व्यवसाइक बनाउदै समृद नेपाल शुखी नेपालीको अभियानलाई साकार पार्ने कुरा खड्ग बहादुर राई( गोबिन्द) वडा अध्यक्षले प्रष्ट पार्नुभयो।