संकल्प मिडिया सेन्टरद्वारा संचालित

समृद्धिको यात्रामा गाँसिएका ओली सपनाहरु

  •  
  •   १३ श्रावण २०७५, आईतवार
  •  

पाँचौ पुस्तामा चीनियाँ नेतृत्व
सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापना भएपछि पाँचौ पुस्ताले चीनियाँ कम्युनिष्ट पार्टी र सरकारको नेतृत्व गरिरहेको छ । पुस्ताका हिसावले चीनमा माओ चाउइन काल  (१९४९–१९७६) लाई पहिलो पुस्ता, देङ काल (१९७८–१९८९) लाई दोस्रो पुस्ता, जियाङ जमीन, झु रोङझी काल (१९८९–२००२) लाई तेस्रो पुस्ता, हु जिन्ताओ, वेनजाओ वाउ काल (२००२– २०१२) लाई चौथौ पुस्ता र सी–ली काल (२०१२ देखी हालसम्म) लाई पाँचौ पुस्ता मानिन्छ ।
सन् १९४९ देखी माओत्सेतुङ र चाओइनलाईको मृत्यु हुदाँसम्म अर्थात १९७६ सम्मको समय चीनमा सोभियत मोडेलको केन्द्रीय योजनामा आधारीत आर्थिक प्रणाली थियो । औद्योगिकीकरणलाई प्राथमीकतामा राखेपनि पर्याप्तमात्रामा चीनमा औद्योगिकीकरण भएको थिएन । चीनमा कम्युन खेती र बसोबास प्रणाली थियो ।
सन् १९६६ देखी शुरु भएको साँस्कृतिक क्रान्तिकाकारण चीनको आर्थिक विकास तहस–नहस भएको थियो । पार्टीभित्र माओत्सेतुङकी श्रीमति च्याङचीङको नेतृत्वमा रहेको ग्याङ अफ फोर र देङ सियाओपिङ र लियो साओकीहरुवीचको कारण पार्टीभित्र ब्यापक अन्तरविरोध थियो । माओकालको अन्त्यको समयको चीनको आर्थिक वृद्धिदर (–३.३ प्रतिशत) ले नकारात्मक थियो । केन्द्रीय योजना र कम्युन प्रणालीको कठोर नियममा बाँधिएका चीनियाँ जनताको जीवनस्तर आजको जस्तो सहज थिएन । तर माओको मृत्युसँगै चीनियाँ कम्युनिष्ट पार्टीमा ग्याङ अफ फोर र देङ र लियो साओकीवीचको आन्तरीक पार्टी संघर्षका कारण करीव २ बर्ष चीनियाँ पार्टी र सरकारको नेतृत्व अस्थिरतातर्फ धकेलियो । तर सन् १९७८ मा ग्याङ अफ फोरको पतनसँगै स्थिररुपमा देङ सियाओपिङको उदय भयो । उनले शुरु गरेको रिफर्म र ओपननेश नीतिका कारण नै आजको  विकसीत चीन निर्माण भएको तथ्य हाम्रा साुमु छर्लङ छ ।
त्यसैले चीनमा जनगणतन्त्र चीनका राष्ट्रपिताका रुपमा माओको नाम रहेपनि चीनियाँ विकास र समृद्धिका नायकका रुपमा देङ स्याओपिङको नाम प्रति चीनियाँ जनताको उच्च सम्मान रहेको छ ।

धुलौटौमा नै लेखिरहनुपर्र्छ भन्ने र धुलौटे युगको चिन्तन बोकेका मानिसहरुले आइप्याड र ल्यापटपको भाषा बुझ्न सकेनन् । गुइठा र दाउरा नै बालिरहनु पर्छ भन्ने र यो चिन्तनबाट माथी उठन नसकेकाहरु कसरी घर–घरमा पाइप ग्याँसको भाषा बुझ्न सक्छन ? दियालो र लालटिन नै बालिरहनुपर्छ भन्ने र  यसको ह्याङओभर र चिन्तनबाट माथि उक्लन नसक्नेहरुले हावाबाट उर्जा निकाल्ने सोचको मर्म कसरी बुझ्न सक्छन ?

देङको सुधार र खुल्लापन शुरु गर्दाको प्रेरक कथा 
चीनमा कम्युन प्रणाली थियो । कम्युन अन्र्तगत रहेका किसानहरुको समुहले सरकारले दिएको जमीनमा सामुहिक खेती प्रणाली गर्दथे । सामुहिक खेती प्रणाली भएको कारण त्यसवाट भएको उत्पादन सवै किसानले बरावर प्राप्त गर्ने हुनाले खेती वा उत्पादन प्रणालीमा श्रम लगानी गर्ने कुरामा सवै किसानहरुले कन्जुस्याई गर्दथे ।
उत्पादनमा श्रम र प्रविधिको मात्राको कमीका कारण खेतीबाट जती उत्पादन हुनु पर्दथ्यो, त्यति उत्पादन हुदैनथ्यो । तर सन् १९७८ मा चीनको आङहुइ प्रोभिन्सको एउटा कम्युनको किसानहरुले पार्टी नीति विपरीत एउटा अपराध गरे । त्यो अपराध के भने उनीहरुले कम्युनले प्राप्त गरेको जमीन व्यतिगत रुपमा बाँडेर उत्पादन गर्न थाले । तर जव उत्पादित बाली थन्क्याउने समय आयो । उनीहरुले उत्पादन गरेको केही प्रतिशत स्थानीय सरकारलाई बुझाउनु पर्दथ्यो ।
जव स्थानीय सरकारको प्रतिनिधि किसानहरुले आफनो उत्पादनको सरकारलाई बुझाउनु पर्ने वाली बुझन खेतीमा आए । त्यसपछि सरकारका प्रतिनिधि आफै छक्क परे । छक्क पर्नु पर्ने कारण के थियो भने त्यो कम्युन अर्थात व्यक्तिगतरुपमा जमीन वाडेर खेती गरिएको कम्युनको उत्पादन अरु कम्युनको उत्पादनभन्दा र त्यो कम्युनले गतसाल उत्पादन गरेको उत्पादन भन्दा पाँच गुणा बढी थियो ।
त्यसपछि सरकारी प्रतिनिधिले त्यसको कारण खोतल्दै जाँदा किसानहरुले जमीन वाडेको र व्यक्तिगत खेती गरेको तथ्य खुल्न आएको थियो । सरकारी प्रतिनिधिका नजरमा यो घटना अपराध भएकोले उनको नजरमा ती सवै किसानहरुलाई जेल हाल्न तयार थिए । तर आङहुई प्रदेशका तत्कालिन गर्भनरले यो कुरा थाहा पाए र चीनयाँ दोस्रो पुस्ताका नेता देङलाई रिपोर्ट गरे । त्यसपछि देङले त्यो कम्युनको स्थलगत भ्रमण गरेर त्यहाँका किसानहरुलाई धन्यवाद दिए र चीनमा कृषिक्षेत्रमा सुधारका कार्यक्रम लागु गरे । देङले चीनमा सुधारको कार्यक्रम लागु गर्न किसानहरुले गरेको पार्टी नीति विपरितको अपराधलाई मुख्य पे्ररणाको बिषय थिए ।
त्यसपछि चीनमा सामुहीक खेती प्रणाली व्यक्तिगत खेती प्रणालीमा वदलियो । देशभरी कृषि उत्पादनमा ब्यापक वृद्धि भयो । त्यसपछि देङले औद्योगिकक्षेत्रमा सुधारको नीति लागु गरे र क्रमशः विज्ञान र प्रविधिका क्षेत्रमा, वितिय क्षेत्रमा र सेना र सरुक्षाको क्षेत्रमा यो नीति लागु गरेका थिए ।
जनगणतन्त्र चीनमा सन १९७६सम्म निर्माणपछि चीनियाँ समाज बन्द समाज जस्तै थियो । चीनियाँ जनताहरु सोभियत संघ र पुर्वि युरोपका कम्युनिष्ट देशहरु मात्र जान पाउथे । चीनिको ब्यापार विश्व समुदायसँग थिएन । सोभियत युनियनसँग मात्र सीमित थियो । चीनको विश्वका धेरै देशहरुसँग दुतावास वा कुटनीतिक निकायहरु थिएनन भने विश्वका धेरै देशहरुले चीनमा पनि आफना दुतावास र कुटनीतिक निकायहरु खोलेका थिएनन । तर देङले खुल्लापनको नीति अन्र्तगत चीनलाई कुटनीतिक माध्यमबाट, विशेष आर्थिक क्षेत्र र त्यसमा बाहय लगानीका माध्यमबाट, अन्र्तराष्ट्रिय व्यापारका माध्यमबाट विश्व समुदायसँग जोडे । दक्षिण पुर्वि एशीयामा रहेको जापानी र अमेरीकी दादागिरीलाई सदैकोलागि तह लगाएर दक्षिण पुर्वि एशीयाका छीमेकी मुलुकहरुको मन जिते, टेवल टेनीस कुटनीतिका (पोङप्याङ डिप्लोमेसी) माध्यमबाट चीनसँग माओकै पालामा सुधार हुदै गएको सम्वन्धमा निरन्तरता दिए । समग्रमा देङले चीनको स्रोत साधन, श्रम शक्तिलाई राम्ररी चिने र आन्तरिक रुपमा सुधार र खुल्लापनको नीति अन्र्तगत त्यसको परिचालन गर्ने र देशलाई समृद्ध बनाउने सपना देखे ।
यो सपना साकार बनाउन केन्द्रीय योजनामा आधारीत अर्थतन्त्रलाई बजार अर्थतन्त्रमा रुपान्तरण गरे । यो नीतिका कारण चीनको आर्थिक वृद्ध ३० बर्षसम्म डवल डिजिट अर्थात १० प्रतिशतभन्दा माथि रहयो । देङले एक चीन दुई नीति, सुधार र खुल्लापन र बजार अर्थतन्त्रलाई समावेश गरेर चीनको राजनीतिक र आर्थिक व्यवस्थालाई चीनियाँ विशेषता सहितको समाजवादका सिद्धान्तको विकास गरे । उनको यो सिद्धान्तको जगमा  उनले देखेको समृद्ध चीनको सपनालाई साकार बनाउन चीनका सम्पुर्ण कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता राज्यका सवै निकायका अधिकारीहरु लागे । उनी पछिका तीन पुस्ताका सरकारहरुले क्रमशः उनको नीति र सिद्धान्तको जगमा चीनको नीति कार्यक्रमहरु अगाडी वढाइरहेका छन ।

यो वीचमा नेपालमा केही परिवर्तन नभएको भने होइन, हामी यही कालमा पञ्चायतवाट गणतन्त्रमा पुग्यौ । आकाश वाणीबाट (आवा)बाट स्मार्टफोनको युगमा पुग्यौ । साच्चै भन्ने हो भने धुलौटे युगबाट ल्यापटप र आइप्याडको युगमा पुग्यौ । पन्ध्र दिनमा लाइनमा गोरखापत्रको अनुहार हेर्ने ठाउँबाट औलाको टुप्पो दवाएर सुचना प्राप्त गर्ने ठाउँमा पुग्यौ । गुइठा र दाउरा बाल्ने हामी नेपालीहरु मटितेल प्रयोग गर्ने स्टोभ र गोवर ग्याँस हुदै सिलिण्डर ग्याँस, पाइप ग्याँस हुदै माइक्राओभनसम्म प्रयोग गर्न सक्ने अवस्थामा पुग्यौ ।

त्यसैले आजको चीनको आर्थिक विकास, राजनीतिक स्थिरता, विश्व मानचित्रमा देखिएको चीनको अन्तराष्ट्रिय प्रतिष्ठा र विश्व अर्थतन्त्रमा चीनको योगदानका पछाडी देङ स्यायोपिङको नीति र उनले देखेका सपनाहरुको महत्वपुर्ण योगदान रहेको छ । आज चीनियाँ जनताहरु एक नीति र एक व्यक्तिले सिङगो देश वदल्न सक्छ भन्दै देङ सियाओपिङ र उनको सुधार र खुल्लापनको नीतिलाई खुलेर प्रसशा र सम्मान गर्दछन ।
राजनीतिक स्थिरताको नेपाली सन्दर्भ 
नेपाली राजनीतिमा २०४६ पछि र अहिलेको सरकार भन्दा अगाडी अर्थात २८ बर्ष सरकारको नेतृत्व कहिले स्थिर रहेन । यी २८ बर्षमा नेपालका कुनैपनि सरकारले आफनो कार्यकाल पुरा गर्न पाएनन । यो अवधिमा देशको आर्थिक विकास र समृद्धिसँग जोडिएका ठोस कार्यक्रमहरु आउन पनि सकेनन । आएका कार्यक्रमहरुपनि कार्यान्वयन हुन सकेनन । जसका कारण नेपालले आर्थिक विकास र जनताका सरोकारसँग गाँसिएका आर्थिक सामाजिक र सास्कृतिक पक्षहरुलाई जति सम्वोधन गर्न सक्नुपर्ने हो । त्यो सम्वोधन गर्न नसकेको पक्ष साँच्चो हो । तर यो वीचमा नेपालमा केही परिवर्तन नभएको भने होइन, हामी यही कालमा पञ्चायतवाट गणतन्त्रमा पुग्यौ । आकाश वाणीबाट (आवा)बाट स्मार्टफोनको युगमा पुग्यौ । साच्चै भन्ने हो भने धुलौटे युगबाट ल्यापटप र आइप्याडको युगमा पुग्यौ । पन्ध्र दिनमा लाइनमा गोरखापत्रको अनुहार हेर्ने ठाउँबाट औलाको टुप्पो दवाएर सुचना प्राप्त गर्ने ठाउँमा पुग्यौ । गुइठा र दाउरा बाल्ने हामी नेपालीहरु मटितेल प्रयोग गर्ने स्टोभ र गोवर ग्याँस हुदै सिलिण्डर ग्याँस, पाइप ग्याँस हुदै माइक्राओभनसम्म प्रयोग गर्न सक्ने अवस्थामा पुग्यौ ।
यो कालखण्डका शिक्षा, स्वास्थ्य र पुर्वाधारहरुको विकासलाई मापन गर्ने हो भने हामीले यस्ता अवस्थाहरु प्राप्त गर्न सक्दछौ । तर राजनीति अस्थिरताका कारण नेपालले विकास र समृद्धिमा जति फडको मार्नु पर्दथ्यो, त्यति फडको मार्न नसकेको कुरा चाँही साच्चो हो र यसको मुल कारण भनेको राजनीतिक अस्थिरता र यसलाई स्थिरतामा वदल्ने नेताको कमी हो भन्ने कुरा सवैले स्वीकार गरेको कुरा हो ।
नेपालमा राजनीतिक स्थिरतामा केपी ओलीको नेतृत्व 
नेपाली राजनीति अहिले अस्थिरताबाट स्थिरतातर्फ अगाडी बढीरहेको छ । यो राजनीतिक स्थिरताको प्रस्थानविन्दु भनेको २०७१ असारमा भएको तत्कालिन एमालेको नवौ महाधिवेशन र त्यसबाट निर्वाचित नेतृत्व र यसले लिएको नीति हो । त्यसपछि संविधान सभावाट २०७२ भदौ ३० गते जारी भएको संविधान, यो संविधान अन्र्तगत २०७४ मंसीरमा भएको निर्वाचन, यो निर्वाचनमा भएको एमाले र माओवादीवीचको एलायन्स र हाल भएको दुइ पार्टीवीचको एकताले नेपाललाई लामो समयसम्मको राजनीतिक स्थिरताको युगमा प्रवेश गराएको छ ।  जसरी चीनियाँ कम्युनिष्ट पार्टीमा माओकालपछि सन् १९८९ सम्म राजनीतिक स्थिरता रहेको थियो । त्यो अस्थितरतालाई देङ स्यायोपिङले स्थिरतातर्फ वदलेका थिए ।

केपी ओलीको विकासको सोच समृद्ध नेपाल र खुशी नेपालीमा सश्लेषण भइरहेको छ । केपी ओलीले विगतका नेपाली नेताहरुले नदेखेका सपनाहरु दिउसै देख्नुभो, जव यी सोचहरु विपनामा वदलिन्छन नी, त्यतिवेला यी नीति र सोचहरु आर्थिक विकासको ओली दर्शन, वाद र सिद्धान्तमा रुपान्तरण हुनेछन ।

त्यस्तै हाम्रो नवौँ राष्ट्रिय महाधिवेशनको नेतृत्वले संविधान निर्माण, निर्वाचन र पार्टी एकतामार्फत नेपालको राजनीतिक स्थिरतातर्फको यात्रामा अगाडी बढाउने काममा महत्वपुर्ण योगदान रहेको छ । बहुलवादमा आधारित राजनीति प्रणाली भएका कारण प्रतिपक्षहरुले सरकारका काममा गरेको अनावश्यक हल्ला र टिप्पणीका कारण रुपमा राजनीतिक अस्थिरता लागेपनि सारमा नेपाल अव राजनीतिक स्थिरतातर्फ अगाडी बढेको छ र यो अवस्था सृर्जनाको नेतृत्व, अगुवाई र पहल कदमी केपी शर्मा ओलीको हो भन्ने यथार्थतालाई कसैले नकार्न सक्दैन ।
नेपालमा नीतिगत विकासको अगुवाईमा केपी ओलीका सोचहरु 
नेपालको विकासको यात्रामा केपी ओलीले विगत २८ बर्षका अस्थिर सरकारहरुभन्दा भिन्न सोचहरु अगाडी सार्नु भो । नेपालमा तुइन विस्थापनको अभियानबाट शुरु भएका उहाँका सोचहरु रेल्वे, संञ्चार र उर्जा कनेक्टीभिटीबाट नेपालललाई संसारसँग जोडने, अन्तराष्ट्रियरुपमा भुमीसँग मात्र जोडिएको हाम्रो देशको आफनै स्वामित्वको पानी जहाज चलाउने, हावावाट विजुली निकाल्ने, काठमाडौँमा मोनोरेल सञ्चालन गर्ने, पुर्व पश्चिम रेलमार्ग वनाउने, आठ दश लेनका सडकहरु बनाउने, बैदेशिक हस्तछेप अन्त्य गर्दै सन्तुलित बैदेशिक नीतिलाई अगाडि बढाउने र देशमा विद्यमान आर्थिक सामाजिक उपनिवेशलाई परास्त गर्दै देशलाई स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, देशभित्र हरेक क्षेत्रमा देखिएका कार्टेलिग, सिन्डिकेट, एकाधिकार बजारको अन्त्यका लागि अगाडी सारिएका सोचहरु विगतका अस्थिर सरकारले सारिएका सोचहरुभन्दा नितान्त भिन्न थिए । तर यी सोचहरु कही नभएका भने थिएनन ।
हावाबाट सौर्य उर्जा संसारका प्राय सवै देशहरुमा निकालिकै छ । भुमीवाट घेरिएका देशहरु मंगोलिया, स्वीजरल्याण्डजस्ता देशहरुले पानी जहाज चलाएकै छन । संसारका धेरै देशहरु रेल्वे सञ्जालवाट जोडिएकै छन । तर धुलौटौमा नै लेखिरहनुपर्र्छ भन्ने र धुलौटे युगको चिन्तन बोकेका मानिसहरुले आइप्याड र ल्यापटपको भाषा बुझ्न सकेनन् । गुइठा र दाउरा नै बालिरहनु पर्छ भन्ने र यो चिन्तनबाट माथी उठन नसकेकाहरु कसरी घर–घरमा पाइप ग्याँसको भाषा बुझ्न सक्छन ? दियालो र लालटिन नै बालिरहनुपर्छ भन्ने र  यसको ह्याङओभर र चिन्तनबाट माथि उक्लन नसक्नेहरुले हावाबाट उर्जा निकाल्ने सोचको मर्म कसरी बुझ्न सक्छन ? हाम्रो भन्दा पछाडी बनेको देश, स्रोत साधनमा र सोचमा हामी भन्दा पछाडी रहेको अमरिकाको प्रति व्यक्ति आम्दानी ५८ हजार डलर रहदाँ, हाम्रो विद्यमान श्रम शक्ति र पँुजीको पर्याप्ततामा ५ हजार डलर प्रतिव्यक्ति आय पुर्याउने सोचलाई हामी हाँसोको विषय बनाउछौ ? के सरकार प्रमुखका हिसाबले केपी ओलीले सारेका यी सोचहरु यथार्थतामा आधारीत छैनन र ? मानिसहरु यी सोचहरुबाट किन त्रसित ?

बहुलवादमा आधारित राजनीति प्रणाली भएका कारण प्रतिपक्षहरुले सरकारका काममा गरेको अनावश्यक हल्ला र टिप्पणीका कारण रुपमा राजनीतिक अस्थिरता लागेपनि सारमा नेपाल अव राजनीतिक स्थिरतातर्फ अगाडी बढेको छ र यो अवस्था सृर्जनाको नेतृत्व, अगुवाई र पहल कदमी केपी शर्मा ओलीको हो भन्ने यथार्थतालाई कसैले नकार्न सक्दैन ।

आज केपी ओलीको विकासको सोच समृद्ध नेपाल र खुशी नेपालीमा सश्लेषण भइरहेको छ । केपी ओलीले विगतका नेपाली नेताहरुले नदेखेका सपनाहरु दिउसै देख्नुभो, जव यी सोचहरु विपनामा वदलिन्छन नी, त्यतिवेला यी नीति र सोचहरु आर्थिक विकासको ओली दर्शन, वाद र सिद्धान्तमा रुपान्तरण हुनेछन । तर चीन र नेपालमा फरक के हो भने चीनमा सिङगो देश नेताको सोच कार्यान्वयनका लागि अगाडी वढछ तर नेपालमा नेताको सोच नेताले मात्र कार्यान्वयन गर्नु पर्छ भन्ने सोच राख्छ, नेताको सोच कार्यान्वयन भयो भने नेता लोकप्रीय हुन्छ, उसको पार्टी लोकप्रीय हुन्छ र हाम्रो राजनीति धरापमा भन्ने नकारात्मक सोच राख्छ । राज्यको तलव भत्ता, पेन्सन, उपदान, औषधी भत्ता, कपडा भत्ता बुझ्ने कर्मचारी संरचना सरकार प्रमुखका सोचहरु कार्यान्वयन गर्ने विधि अवलम्वन गर्दैन वरु असहयोग गर्दछ ।
यस्तो अवस्थामा देश कसरी वन्दछ ? अव हामीले हाम्रो सोच वदल्नु पर्छ । अव देश विकासको अभियानमा राज्य र पार्टीका सवै संरचनाहरु परिचालित हुनु पर्दछ, आम नेपालीहरुमा आफनो दायित्व र कर्तव्यको बोध हुनु पर्दछ । राष्ट निर्माणको यो अभियानमा हामी सवै नेपालीहरुमा नयाँ तरङग र झन्कार आउनु पर्दछ ।
राष्ट्रनिर्माणको  सोच र युग  पटक –पटक आउदैन जसरी चीनमा चिनियाँ जनताले देङको सोच र युगलाई अगाडी बढाए हामी नेपालीले पनि देश निर्माणका लागि ओली युग र सोचलाई  अगाडी बढाउन सक्नु पर्दछ ।
#कल्याण रोका (रोका राजनीतिक अर्थशास्त्री हुन्)
#chakrapatha.com