संकल्प मिडिया सेन्टरद्वारा संचालित

सब इन्जिनियर बालाजुबाट घुससहित पक्राउ

  •   काठमाडौं
  •   २६ जेष्ठ २०७६, आईतवार
  •   त्रिबेणी

नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत सब इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब इन्जिनियर बद्री भण्डारीलाई विज्ञापन बापतको कमिसनको लागि सेवाग्राहीसँग ३५ हजार घुसलिँदा लिदै पक्राउ गरेको हो ।

उनलाई काठमाडौंको  बालाजुस्थित गुराँस रेस्टुरेन्टबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिए ।