युवा संघ नेपाल काभ्रेले भोलि शनिबार पनौती न.पा को ताम्राकार पार्टी प्यालेसमा बृहत् युवा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।
लोकतन्त्रको रक्षा र ताजा जनादेशको लागि नेपाल सरकारबाट घोषण गरिएको मध्यावधि निर्वाचनको स्वागतमा आयोजना हुन लागेको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री , ने.क.पा काभ्रेका इन्चार्ज एवम् नेकपाका नेता गोकुल प्रसाद बाँसकोटा हुने छ्न।
कार्यक्रम सुरु हुन अघि धुलिखेल बाट १० बजे बाइक र्याली गर्दौ पनौती स्थिति ताम्राकार पार्टी प्यालेसमा हुने कार्यक्रममा सहभागी जनाइने युवा सङ नेपाल काभ्रेका संयोजक बिक्रम चौलागाईंले बताए ।