संकल्प मिडिया सेन्टरद्वारा संचालित

संसदीय सुनुवाई समितिको बैठक सुरु , प्रधानन्यायाधीश बारे अाज निर्णय हुने

  •  
  •   १८ श्रावण २०७५, शुक्रबार
  •  

साउन, १८ काठमाडौं । प्रधान न्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि अस्वीकृत गर्ने भन्ने विषयमा संसदीय सुनुवाई समितिको बैठक सुरू भएको छ । सत्तापक्षले बुधबार नै अस्वीकृत गर्ने निर्णय गर्न आग्रह गरेको थियो भने प्रतिपक्षले बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । तर दुवै पक्ष आ आफ्नो अडानमा रहेपछि बैठक आजसम्मका लागि सारिएको थियो । सत्तापक्ष कुनै पनि हालतमा स्वीकृत गर्न नहुने र कांग्रेसले मान्दै नमान्ने अवस्था आयो भने अनुमोदन गरेर महाभियोगको प्रक्रियामा जाने तयारीमा छ । संसद्मा आफ्नो पक्षमा दुई तिहाई बहुमत भएकाले नेकपाले महाभियोगबाट जोशीलाई हटाउन सकिने बताउँदै आएको छ । सकेसम्म सर्वसम्मत निर्णयको प्रयास गरिएकाले बैठक पटक पटक लम्बिएको समितिका सभापति लक्ष्मणलाल कर्ण बताउँछन् । समितिका सभापति कर्णले, “सर्वसम्मत निर्णय गर्ने प्रयास पनि गरिएको छ । प्रक्रियामा गए पनि सर्वसम्मत गरौं भनेका छौं । जुन निर्णय गर्दा पनि सर्वसम्मत गरौं । हामी सबै संलग्न भएर अघि बढौं भन्ने कुरा सबै सदस्यहरुबाट आएको छ ।”