संकल्प मिडिया सेन्टरद्वारा संचालित

संविधान दिवसका दिन २ नं प्रदेशका मन्त्री कोहि विरोधमा कोहि मौनः मुख्यमन्त्री राउतले कार्यक्रम बहिष्कार ।

  •  
  •   ३ आश्विन २०७५, बुधबार
  •  

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवसको अवसरमा प्रदेश सरकारले आयोजनामा गरेको कार्यक्रम बहिस्कार गरेका छनु ।
संविधान घोषण भएको खुसियालिमा देशभर भव्य रुपमा संविधान दिवस मनाइ रहदा प्रदेश २ मा भने एक सत्ता साझेदार दल संविधानको विरोध प्रर्दशनमा उत्रियो भने अर्कोले विरोध वा समर्थन केही नजनाई मौन बसेको छ। संघीय सरकारको परिपत्र अनुसार प्रदेश सरकारका कर्मचारीले वृक्षारोपण गरेर संविधान दिवस मनाएका छन् । सबै प्रदेशमा मुख्यमन्त्रीको उपस्थितिमा कार्यक्रम समापन भएता पजि प्रदेश नं २ मा मन्त्री विहिन कार्यक्र भएकाृ छ ।
संविधान कार्यान्वयन अन्तर्गत बनेको मन्त्री मुख्यमन्त्रीले नत औपचारीक शुभकामना दिए नत कार्यक्रममा सहभागि भए । मुख्यमन्त्री तथा मन्त्रीवरिषदको कार्यालयमा भएको कार्यक्रममै मन्त्री र मुख्यमन्त्री नदेखिनु दुखद रहेको एक सहभागिले बताए । राउत संघीय समाजवादी फोरम नेपालबाट प्रदेश सरकारको मुख्यमन्त्री बनेका हुन ।
मुख्यमन्त्रीको नआए पछि प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहको नेतृत्वमा कार्यक्रम गरिएको थियो।