संकल्प मिडिया सेन्टरद्वारा संचालित

श्रृंखला मिस वर्ल्ड भोटिङमा पहिलो

  •  
  •   ६ मंसिर २०७५, बिहीबार
  •  

काठमाडौं ।  यस वर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल श्रृंखला खतिवडा अग्रपंक्तिमा देखिएकी छिन् ।
बुधवार साँझसम्म भोटिङका आधारमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि रहेकी छिन् । अहिले उनी मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाका लागि चीनको सान्या सहरमा छिन् । प्रतियोगितामा एक सय २१ देशका सुन्दरी सहभागी छन ।
शृंखला उत्कृष्ट ३० मा छनौट भई अन्तिम चरणमा प्रवेश गरिसकेकी छन् । मिस वर्ल्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधवार राति १२ बजेसम्म २८.५५ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन् । उनले ७२ हजार एक सय ८४ मत प्राप्त गरेकी छन्।स्रोतः जनता समाचार