संकल्प मिडिया सेन्टरद्वारा संचालित

शिक्षा र स्वास्थ्यका सरकारीकरण हुन्छः योगेश भट्टराई

  •  
  •   ११ भाद्र २०७५, सोमबार
  •  

काठमाडौं, ११ भदौ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरीत सञ्चालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग माग गरेका छन् ।

नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा सञ्चालित सबै मेडिकल कलेजहरुको छानविन गरी मापदण्ड विपरीत रहेका सबै कलेज तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रबाट सञ्चालित शिक्षा र स्वास्थ्य संस्थाहरु बन्द गर्ने तयारीमा सरकार रहेको पनि स्पष्ट पारेका हुन् ।
नेता भट्टराईले सबै नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व लिन सरकार प्रतिवद्ध रहेको दावी पनि गरेका छन् । वर्षौ समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका गर्न नहुने नेता भट्टराईको तर्क थियो । नेता भट्टराईले मौलिक हकको रुपमा रहेको शिक्षाको उचित व्यवस्था गर्न ढिलाई गर्न नहुने विश्वास पनि व्यक्त गरेका छन् ।