संकल्प मिडिया सेन्टरद्वारा संचालित

शाहरुख खानले भने, ‘मेरा हरेक सपना करण र आदित्यले पूरा गरे’

  •  
  •   २१ जेष्ठ २०७६, मंगलवार
  •  

एजेन्सी/बलिउड अभिनेता शाहरुख खानले फिल्म निर्माता करण जोहर र आदित्य चोपडाले हरेक सपना पूरा गरेको बताएका छन् । उनले सोमबार एउटा फोटो कोलाज ट्वीटरमा सेयर गरेका छन् जसमा उनको एकातर्फ करण छन् भने अर्कोतर्फ आदित्य देखिएका छन् । फोटोसँगै उनले दुबैप्रति कृतज्ञता प्रदान गर्दै क्याप्सन पनि लेखेका छन् । उनले लेखेका छन्, ‘सपना देख्नु राम्रो कुरा हो । तर त्यसले यदि दिशा पाएन भने त्यसको कुनै अर्थ हुँदैन ।’
करन–आदित्यले मेरो हरेक सपना पूरा गरेः शाहरुख
५३ वर्षका शाहरुख थप्छन्, ‘यी दुई (करन र आदित्य) ले मेरा हरेक सपना पूरा गरे । म यो यसकारण भनिरहेको छु किनभने तपाईंहरुलाई थाहा हुनुपर्छ कि सपनाभन्दा त्यसलाई पूरा गर्ने व्यक्ति महत्वपूर्ण हुन्छन् ।’
शाहरुखले करन जोहरसँग कुछ–कुछ होता हे, कभि खुसी कभी गम र माय नेम इज खानजस्ता फिल्ममा काम गरेका छन् भने आदित्य चोपडासँग दिलवाले दुल्हनिया ले जाएंगे, जब तक हे जान, विर जारा र रब ने बना दि जोडीजस्ता फिल्ममा देखिएका छन् । शाहरुखलाई रोमान्टिक हिरोको रुपमा पहिचान दिलाउने श्रेय दुई फिल्म निर्मातालाई जान्छ ।