संकल्प मिडिया सेन्टरद्वारा संचालित

वेस्ट इन्डिजविरुद्ध बिहारीले जोडे करिअरकै पहिलो शतक, बुमराह बने टेस्टमा ह्याट्रिक लिने तेस्रो भारतीय

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी खबर

जमैका- हनुमा बिहारी र जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरेपछि वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारत अघि देखिएको छ।

जीवनको पाँचौं अन्तर्राष्ट्रिय टेस्ट म्याच खेलिरहेका हनुमाले पहिलो शतक प्रहार गरेपछि भारतले पहिलो पारीमा ४ सय १६ रनको योगफल तयार गर्‍यो। उनले १ सय ११ रनको योगदान दिए।

यस्तै कप्तान विराट कोहली (७६), इशान्त शर्मा (५७) र मायांक अग्रवाल (५५)ले अर्धशतक बनाए। वेस्ट इन्डिजका जसोन होल्डरले ५ तथा राहकिम कोर्नवालले ३ विकेट हात पारे।